Nepal Purbadhar

आन्तरिक विद्युत खपत वृद्धि र अन्तरदेशीय बजार व्यस्थापनमा सहयाेग पुग्ने गरी काम गर्छुःखतिवडा


काठमाडाैं । ऊर्जा उद्यमी बलराम खतिवडाले गणेश कार्की प्यानलबाट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इपान) काे महासचिव पदमा उमेद्वारी घाेषणा गरेका छन् । इपानकाे २१औं वार्षिक साधारणसभामा हुने कार्यसमितिको चुनावमा महासचिवमा उम्मेद्वारी घोषणा गरेका उनी विगत २५ वर्ष देखि विभिन्न रूपमा ऊर्जा क्षेत्रसँग आवद्ध छन् ।

इपानकाे अहिलेकाे कार्यसमितिमा पनि सचिव रहेका खतिवडाले आगामी कार्यकालका लागि महासचिव पदमा प्रतिश्पर्धामा उत्रिन लागेका हुन् । उनी संलग्न बुद्धभूमि नेपाल हाइड्रोपावर नेपाल कम्पनी लिमिटेडले प्रवर्द्धन गरेकाे ५ मेगावाटकाे तल्लाे तादी जलविद्युत आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा छ । उनी याे आयोजनाकाे प्रवर्द्धक कम्पनीका सञ्चालक हुन् ।

यस्तै, खतिवडाकाे सक्रियतामा ८ मेगावाटकाे तादी घ्याङफेदी जलविद्युत आयोजना पनि निर्माणमा जाँदैछ । उनकाे याे आयोजना ए.बि.पी इनर्जी प्रालि मार्फत निर्माण हुँदैन । उनी याे कम्पनीका प्रबन्ध सञ्चालक हुन् । याे आयोजनाले विद्युत खरिद सम्झाैता (पिपिए) का लागि नेपाल विद्युत प्राधिकरण आवेदन दिएर पालाे कुरिरहेकाे छ ।

यसैगरी, अहिले अध्ययनकाे चरणमा रहेकाे ३० मेगावाटकाे मिडल घुन्सा जलविद्युत आयोजनाकाे प्रवर्द्धक कम्पनीमा पनि सञ्चालक छन् । ऊर्जा क्षेत्रमा साढे २ दशक र इपानमा एक कार्यकाल पूरा गरिसकेकाले यसबाट प्राप्त अनुभवका आधारमा अझै राम्राे काम गर्न महासचिव पदमा उमेद्वारी घाेषणा गरेकाे उनले बताए ।

उनले महासचिव पदमा निर्वाचित भएमा प्रभावकारी रूपमा इपानकाे आन्तरिक व्यवस्थापन गर्न  काम गर्ने बताए । उनले ऊर्जा क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्दै देशभित्र विद्युत खपत बढाई अन्तर्राष्ट्रिय रूपमा विद्युत व्यापार गर्ने वातावरण निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता  व्यक्त गरे । साथै, ऊर्जा क्षेत्रकाे विकासबाट देशको आर्थिक समृद्धिमा याेगदान पुर्याउन काम गर्दै जाने बताए ।


Read Previous

नेपाली प्रतिनिधिमण्डल इफाप्काको ४२ औं मिडटर्म बैठकमा सहभागी हुन मंगोलिया प्रस्थान

Read Next

इपानमा बसेर जलविद्युत आयोजनामा लगानीमैत्री वातावरण बनाउन पहल गर्छु: बस्याल