Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन

चारलेन सडकमा साइकल लेन नहुँदा दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या बढ्दै 


बाँके । नेपालगन्जको मुख्य चारलेन सडकमा साइकल लेन नहुँदा साइकलमा यात्रा गर्ने यात्रुकाे ज्यान जाने घटना बढेका छन् । साइकलमा यात्रा गर्ने यात्रुका लागि अलग्गै लेन नहुँदा ठूला सवारीले ठक्कर दिँदा हुने दुर्घटना बढेपछि ज्यान जानेकाे संख्या पनि बढेकाे हाे ।

साइकलयात्रा गरिरहेका खजुरा–३ निवासी मुन्सी चमारलाई शनिबार दिउँसो टिपरले ठक्कर दिँदा मृत्यु भयो । नेपालगन्ज उपमहानगरपालिका–१८ मा साइकल चलाइरहेका ६४ वर्षीय उनलाई रा१ख २६१७ नंको टिपरले ठक्कर दियाे । गम्भीर घाइते चमारको शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा ज्यान गयाे ।

साइकल लेनकाे समस्याले नै चमारकाे दुर्घटनामा ज्यान गएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक तिलकबहादुर सुनारले जानकारी दिए ।  उनका अनुसार नेपालगन्जमा साइकल लेन नहुँदा ठूला सवारीसाधनको ठक्करबाट दैनिकजसो साइकलयात्री दुर्घटनामा पर्ने गरेको छ ।

साइकल लेन नहुँदा सर्वसाधारण सडक दुर्घटनाबाट घाइते, अपाङ्गता तथा अकालमै मृत्युवरण गर्न बाध्य रहेको नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले बताए । “साइकल लेन नहुनु साइकलयात्रीको सुरक्षा सवालमा गम्भीर जोखिम हो, साइकल लेनको सवाललाई सरोकारवालाले बेलैमा बुझिदिए धेरैको ज्यान जोगिन सक्थ्यो”, उनले भने, “नेपालगन्जमा साइकल लेनका लागि क्लबको तर्फबाट निरन्तर प्रयास भए पनि सफल हुनसकेको छैन ।”

पछिल्लोपटक नेपालगन्जमा साइकलयात्रीको सङ्ख्या दैनिकरूपमा बढ्दै गए पनि साइकल लेन नहुँदा दुर्घटनाको जोखिम पनि बढ्दो रहेको अध्यक्ष निरौलाले सुनाए । नेपालगन्ज उपमहानगरपालिकका प्रमुख प्रशान्त विष्टले नेपालगन्जमा साइकल लेनको आवश्यकता रहेको बताउँदै साइकल लेन बनाउने कामको छिट्टै सुरुआत गर्ने बताए ।

साइक्लिङमार्फत स्वस्थ जनशक्ति पैदा हुनुका साथै प्रदूषणरहित वातावरणका लागि पनि साइकल चलाउन जरुरी रहेकाले आगामी आर्थिक वर्षमा साइकल लेन बनाउन सरोकारवालासँग छलफल गरेर बजेट तर्जुमा गरिने उनकाे भनाइ छ । नेपालगन्ज साइक्लिङ क्लबले नेपालगन्ज उपमहानगरपालिकासँग सहकार्य गरेर वार्षिकरूपमा ‘मेयरकप साइकल दौड’ प्रतियोगितालगायतका गतिविधि गर्दै आएको छ ।


Read Previous

तीव्र आर्थिक वृद्धि गर्न पर्यटन, जलविद्युत र सूचना प्रविधिको क्षेत्रमा लगानी विस्तार आवश्यक छ

Read Next

मौद्रिक नीतिबाटै अर्थतन्त्रकाे सुधार थाल्छौं : अर्थमन्त्री महत   

Leave a Reply

Your email address will not be published.