Nepal Purbadhar

उद्योग बाणिज्य महासंघको स्थायी समिति र सदस्यता समिति गठन


काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको स्थायी समिति र सदस्यता समिति गठन भएको छ । महासंघको विद्यमान विधानको दफा ३७ मा र दफा ३८(ख) मा भएकाे व्यवस्था बमाेजिम साेमबार स्थायी समिति र सदस्यता समिति गठन गरिएकाे हाे ।

अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा स्थायी समिति र निवर्तमान अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सदस्यता समिति गठन भएको महासंघले जनाएकाे छ ।

स्थायी समितिका सदस्यहरूमा महासंघका निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, कोषाध्यक्ष, प्रदेश महासंघमा निर्वाचित अध्यक्षहरू छन् ।  त्यसैगरी, सदस्यता समितिका सदस्यहरूमा महासंघका ३ जना उपाध्यक्षहरूलाई मनोनयन गरिएको छ ।


Read Previous

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चलपहल बढ्याे,याे वर्ष २० हजारले अवलाेकन गर्ने अपेक्षा

Read Next

नेपालमा उत्पादित सवारी साधन दर्ताबारे ७ दिनभित्र मन्त्रिपरिषद्मा प्रस्ताव ल्याइने