Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

उद्याेग बाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षमा अञ्जन,अध्यक्षमा ढकाल  


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । महासंघकाे बिहीबार सम्पन्न साधारणासभाबाट उनी वरिष्ठ उपाध्यक्ष चयन भएका हुन् ।

बुधबार भएको निर्वाचनको पहिलो चरणमा तीन प्रतिष्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो । पहिलो चरणको त्रिपक्षी प्रतिष्पर्धामा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई थिए । पहिलो चरणबाट संघई बाहिरिएपछि अञ्जन र उमेशलालबीच दोस्रो चरणको निर्वाचन भएको थियो ।

दोस्रो चरणको निर्वाचन हुनुअघि गरिएको सहमतिको प्रयास सफल भएपछि उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकाे घाेषणा गरियाे ।महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ ।

महासंघकाे बुधबार निर्वाचन भएको थियो । पहिलो चरणको निर्वाचनकाे बिहीबार बिहान सकिएको मतगणनामा जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कूल मतभार मध्ये अञ्जनले सबैभन्दा बढी ३७.९९ प्रतिशत मत प्राप्त गरेका थिए । उमेशलालले ३१.  ५१ मत प्राप्त गरेका थिए । साथै, संघईले ३०.४६ मत प्राप्त गरेका थिए । साथै, बुधबारको निर्वाचनमा जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य निर्वाचित भएका छन् । एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् ।

  महासङ्घको अध्यक्षमा ढकाल, प्राथमिकतामा पाँच काम

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार बिहीबार सम्पन्न ५७औं साधारणसभामार्फत महासङ्घको २०औं अध्यक्षमा उनी निर्वाचित भएका हुन् ।

अध्यक्ष शेखर गोल्छामार्फत् पद तथा गोपनीयताको शपथ लिएर उनले महासङ्घको अध्यक्षको जिम्मेवारीको यात्रा सुरु गरेका छन् । सपथपछि उनले आफूले लामो समयदेखि सर्वसम्मतीको प्रयास जारी राखेको र अन्तिममा सफल भएको बताए ।

उनले यसका लागि उमेशलाल श्रेष्ठका साथै पूर्वअध्यक्षहरूको ठूलो भूमिका रहेको भन्दै अध्यक्षका रूपमा महासङ्घको छवीलाई आगामी दिनमा अझ उँचो बनाउनेमा विश्वास व्यक्त गरे ।

अध्यक्ष ढकाल पहिलो पुस्ताका सफल उद्यमी-व्यवसायी हुन् । महासङ्घमा दुई कार्यकाल कार्यकारिणी समिति सदस्य रहेका ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । ढकाल आइएमई ग्रुपका संस्थापक अध्यक्ष हुन् ।


Read Previous

मोहनकृष्ण उप्रेतीको ‘नेपालको बिजुली र जनसरोकार’ पुस्तक बजारमा

Read Next

पाइप डढेपछि वालिङकाे पाँडेथोक र पाखुरेमा खानेपानीको समस्या   

Leave a Reply

Your email address will not be published.