Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने   इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’

मोहनकृष्ण उप्रेतीको ‘नेपालको बिजुली र जनसरोकार’ पुस्तक बजारमा


काठमाडौं । नेपालको समग्र ऊर्जा क्षेत्रको विविध विषय समेटिएको ‘नेपालको बिजुली र जनसरोकार’ नामक पुस्तक बजारमा आएको छ । नेपाल विद्युत प्राधिकरणका पूर्व उप-कार्यकारी निर्देशक इन्जिनियर मोहनकृष्ण उप्रेतीद्वारा लिखित यो पुस्तक बिहीबार विमोचन भएपछि सार्वजनिक बिक्रीका लागि बजारमा आएको हो ।

सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) तथा विद्युतकर्मी साहित्यिक समाजको संयुक्त आयोजनामा विद्युत प्राधिकरणमा आयोजित विशेष कार्यक्रममार्फत पुस्तकको विमोचन गरिएको छ ।

४ खण्डकमा विभाजित यो पुस्तकमा ३२ वटा उप-खण्ड समावेश गरिएको छ । पहिलो विद्युतका स्रोत, नीति, माग र आपूर्ति खण्डमा विद्युत उत्पादनको स्रोत, नेपालको जलस्रोत र विद्युत उत्पादन, जलविद्युत उत्पादनका मुख्य संरचना शिर्षकका उप–खण्ड राखिएको छ ।

यही खण्डमा विद्युतीय नीति, वैकल्पिक स्रोत, माग र आपूर्तिको अवस्था, प्रसारण तथा वितरण प्रणालीको आवश्यकता र चुनौती, जलवायु परिवर्तन, हरित हाइड्रोको सम्भावना, विद्युतगृह सञ्चालनका चुनौती लगायत उप–खण्ड पनि समावेश छन् ।

यस्तै, दोस्रो विद्युत विकासका चुनौती र उपलब्धी खण्डमा जलविद्युत विकासका चुनौती, राज्यको लगानी, लोडसेडिङ समस्या र समाधान, डिजेल प्लान्टको विकासक्रम, विद्युत प्राधिकरणका सहायक कम्पनी, जलविद्युत उत्पादनमा निजी क्षेत्र तथा जनसरोकारलगायत उप–खण्ड लेखक उप्रेतीले समावेश गरेका छन् ।

तेस्रो खण्ड व्यवस्थापकिय संरचना विकास र जनसरोकारमा विद्युत प्राधिकरणको बदलिँदो संगठनात्मक संरचना, र यसका चुनौती, विद्युत क्षेत्रका बहसयोग्य प्रसङ्ग, विद्युत चुहावट, कमजोर अनुगमन, जलस्रोत र राजनीतिक दललगायत उप–खण्ड छन् ।
पुस्तकको चौंथो खण्डमा विद्युत व्यापारसँग सम्बिन्ध विषय उल्लेख गरिएको छ ।

यो खण्डमा विद्युत व्यापार सम्झौताको आवश्यकता, विद्युत व्यापार र बजारको बदलिँदो स्वरुप, नेपालको जलस्रोतमा भारतीय चासो र जलस्रोत उपयोगको भोलिको बाटो शिर्षकको उप–खण्ड छन् । बिहीबारबाटै बिक्री खुल्ला गरिएको पुस्तकको मूल्य प्रतिगोटा ५ सय रुपैयाँ तोकिएको छ ।

पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै लेखक उप्रेतीले पुस्तकमा देशको ऊर्जा क्षेत्रको सम्पूर्ण अवस्था झल्किने गरीका विषय वस्तुको उठान गरेको बताए । ‘३२ वर्ष विद्युत प्राधिकरणमा काम गर्दाको अनुभवले आज पुस्तक प्रकाशन गर्न सक्षम भएको छु,’ उनले भने,‘जलविद्युत उत्पादन, प्रसारण, वितरणदेखि व्यापारसम्मका सबै कुरा पुस्तकमा अटाउने प्रयास गरेको छु ।’

पुस्तकको प्राविधि पक्षबारे समिक्षा गर्दै प्राध्यापक डा.जगन्नाथ श्रेष्ठले यो पुस्तक विद्युत प्राधिकरणका उच्च पदस्त कर्मचारी,इन्जिनियर अध्ययन गर्ने विद्यार्थी, बैंकर्स, सरकारको प्रतिनिधित्व गर्ने पदाधिकारी सबैले पढ्नु पर्ने बताए । उनले पुस्तकमा देखिएका केही कमि कमजोरीबारे टिप्पणी गर्दै आगामी संस्करणमा सुधार गरेर प्रकाशन गर्न सुझाव पनि दिए ।

पुस्तकको साहित्यिक पक्षबारे समिक्षा गर्दै विद्युत साहित्यिक समाजका सचिव विष्णुप्रसाद आचार्यले मस्तिस्क पोषण गर्ने कृति तयार भएको बताए । उनले पुस्तकमा जलविद्युत नै सस्तो नवीकरणीय ऊर्जा भएको, पम्प स्टोरेज र क्यासकेड प्रकृतिका आयोजनाबाट हुने फाइदा, हरित हाइड्रोजन उत्पादनको सम्भावनाबारे उल्लेख गरिएको बाङ्मय साहित्यिक पुस्तक तयार भएकाले सबैले पढ्नुपर्ने बताए ।


Read Previous

लगानी बाेर्डले गर्याे ५ जलविद्युत परियोजनाको लागि १ खर्ब ६७ अर्बको लगानी स्वीकृत

Read Next

उद्याेग बाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षमा अञ्जन,अध्यक्षमा ढकाल  

Leave a Reply

Your email address will not be published.