Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

पाइप डढेपछि वालिङकाे पाँडेथोक र पाखुरेमा खानेपानीको समस्या   


वालिङ। स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोक र वडा नम्बर–६ को पाखुरेमा खानेपानीको समस्या भएको छ । वनमा आगलागी हुँदा गाउँमा ल्याइएको खानेपानीको पाइप डढेपछि पानीको हाहाकार भएको हो । यसबाट यहाँका ३७ परिवार प्रभावित बनेका छन् ।

छरछरे-पाँडेथोक सिँचाइ तथा खानेपानी योजनाअन्तर्गतको करिब १ किलोमिटर पाइप मङ्गलबार र बुधबार लागेको आगोले डढेपछि गाउँमा खानेपानी आउन बन्द भएको उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ लामिछानेले बताए । “मुहानबाट मैदानसम्म ल्याइएको पानीको पाइप आगोले डढेर पूर्णरूपमा नष्ट भएको छ”, उनले भने, “मुहानबाट मैदानसम्म आएको पानीलाई सोलारमार्फत तानेर घर-घरमा वितरण गरिएको छ ।”

मुहानबाट गाउँसम्म दुई इन्चको पाइपमा करिब १ हजार ६ सय ५० मिटर परबाट ल्याइएको छ । २०६३ मा मूल दर्ता गरी २०६४ सालमा योजना सम्पन्न भई यहाँका बासिन्दाले घर–घरमै पानी उपभोग गर्दै आएका थिए ।

“आगलागीबाट क्षति भएपछि अहिले पानीको हाहाकार भएको छ”, उनले भने , “गोलभेँडाको पकेट क्षेत्र भनेर चिनिएको यस ठाउँमा मौसमी तथा बेमौसमीरूपमा लगाइएका विभिन्न प्रजातिका तरकारी ओइलाएर मर्ने क्रममा पुगेका छन् ।”

वडा नंं ५ का सदस्य रामप्रसाद लामिछानेले पूरै पाइप फेर्ने बजेट नभएकाले नगरपालिका तथा सम्बन्धित कार्यालयसँग सहयोग मागेको बताए । पानीका स्रोत सुकेकाले पनि खानेपानीको बढी अभाव भएको छ ।

“एक गाग्री पानीका लागि पालो पर्खिनुपर्छ । पधेँरासम्म जान र आउनमात्रै आधा घण्टा लाग्छ”, उनले भने। लामो समय खडेरी परेका कारण वालिङ तथा त्यसआसपासका क्षेत्रमा दैनिकजसो डढेलो तथा आगलागीका घटना घटिरहेका छन् ।


Read Previous

उद्याेग बाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षमा अञ्जन,अध्यक्षमा ढकाल  

Read Next

पूर्वाधार क्षेत्रको बेरूजु साढे २५ र प्रगति साढे १९ प्रतिशत मात्र

Leave a Reply

Your email address will not be published.