Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

पूर्वाधार क्षेत्रको बेरूजु साढे २५ र प्रगति साढे १९ प्रतिशत मात्र


काठमाडौं । पूर्वाधार क्षेत्र अन्तर्गतका पाँच मन्त्रालयको बेरूजु मात्र २५.५४ प्रतिशत पुगेको छ । महालेखा परीक्षकको कार्यालयको ६० औ बार्षिक प्रतिवेदनका अनुसार, भौतिक पूर्वाधार तथा यातायात, सूचना तथा प्रविधि, ऊर्जा, जलस्रोत तथा सिञ्चाई, खानेपानी तथा सहरी विकास मन्त्रालयको बेरूजु यति देखिएको हो ।

प्रतिवेदन अनुसार, संघ, प्रदेश र स्थानीय तहको १ खर्ब १९ अर्ब बेरूजु रकम रहेकोमा पूर्वाधार मन्त्रालयहरुको १४ अर्ब ७७ करोड ५४ लाख छ । यसैगरी ४०६८ संघीय सरकारी निकायको ५६ अर्ब ३१ करोड बेरूजु रहेको कार्यालय जनाएको छ । प्रतिवेदनका अनुसार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको एकीकृत अनुगमन प्रणालीबाट आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालित नीति तथा प्रमुख कार्यको मूल्यांकन पूर्वाधार मन्त्रालय र निकायको प्रगति १९.६ प्रतिशत मात्र छ ।

प्रतिवेदन अनुसार, भौतिक पूर्वाधार, ऊर्जा, सहरी विकास, खानेपानी, सञ्चार र पुर्ननिर्माणका क्रियाकलाप संख्या ३ सय ६ मध्ये ६० मात्र सम्पन्न र ४२ सुरु नभएको तथा माइलस्टोनको संख्या ७ सय ९३ रहेकोमा २ सय ३४ मात्र सम्पन्न भएको तथा १ सय ८८ सुरु हुन सकेन । पूर्वाधार क्षेत्रमा सबैभन्दा कम भौतिक पूर्वाधार तथा यातायातमा २.९८ प्रतिशत, खानेपानीको ८.८२ प्रतिशत र शहरी विकासमा १४.७५ प्रतिशत मात्र काम सम्पनन भएको छ ।

शुक्रबार महालेखा परीक्षक टंकमणि शर्माले राष्ट्रपति रामचन्द्र पोडेललाई बुझाएको प्रतिवेदनमा २०७९ को बेरूजु तीनवटै सरकारको १ खर्ब १९ अर्ब ७७ करोड पुगेको तथा हालसम्मको बेरूजु रकम ९ खर्ब ५९ अर्ब ७९ करोड रहेको उल्लेख छ ।

 मन्त्रालयको नाम बेरुजु रकम (अर्ब) प्रतिशत
भौतिक पूर्वाधार तथा यातायात ८.७९७४ १५.६२
सूचना तथा प्रविधि २.७०५८ ४.८१
ऊर्जा, जलस्रोत तथा सिञ्चाई १.२९७३ २.३०
सहरी विकास १.०९६४ १.९५
खानेपानी ०.८७८५ १.५६
जम्मा १४.७७५४ २५.५४

स्रोतः महालेखा परीक्षकको कार्यालय


Read Previous

पाइप डढेपछि वालिङकाे पाँडेथोक र पाखुरेमा खानेपानीको समस्या   

Read Next

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकाे बेरूजु सवा अर्ब   

Leave a Reply

Your email address will not be published.