Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

लगानी बाेर्डले गर्याे ५ जलविद्युत परियोजनाको लागि १ खर्ब ६७ अर्बको लगानी स्वीकृत


काठमाडाैं । लगानी बाेर्डले ५ जलविद्युत परियोजनाको लागि १ खर्ब ६७ अर्ब ५९ करोड रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । विहीबार बसेकाे बाेर्डकाे ५३ औं बैठकले लगानी स्वीकृत गरेकाे हाे । स्वीकृत लगानीमध्ये  १ खर्ब ४६ अर्ब २२ करोड वैदेशिक र २१ अर्ब ३७ करोड रूपैयाँ स्वदेशी रहेकाे छ ।

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे अध्यक्षतामा  लगानी बोर्डको कार्यालय, नयाँ बानेश्वरमा बैंठक बसेकाे हाे । बैठकले तल्लो अरुण जलविद्युत परियोजनाका लागि ९२.६८ अर्ब  रूपैयाँ बराबरको लगानी स्वीकृत गर्नुका साथै विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौताको सहमतिको दस्तावेज तयार पारेर बोर्डसमक्ष पेश गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ।

त्यसैगरी, १०२ मेगावाटको माथिल्लो मर्स्याङ्दी-१ जलविद्युत परियोजनाको  लागि ३३.१९ अर्ब, ७० मेगावाटको दुधकोसी-२ (जलेश्वर) जलविद्युत परियोजनाको २०.३५ अर्ब, ७०.३ मेगावाटको सिम्बुवा खोला जलविद्युत परियोजनाको १३.४४ अर्ब र ४३ मेगावाटको अप्पर मादी खोला जलविद्युत परियोजनाको लागि ७.९३ अर्ब  रूपैयाँ लगानी स्वीकृत गरेको हाे ।

बैठकले लगानी बोर्डको ५० औं बैठकको निर्णयानुसार डियाग इन्डष्ट्रिज जर्मनीले  रासायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन अनुमतिका लागि पेश गरेको प्रस्ताव अनुसार विकासकर्तासँग सम्पन्न गरिने समझदारीपत्र स्वीकृत गरेकाे छ । त्यसैगरी डाबर नेपालको पूँजी तथा क्षमता वृद्धि परियोजना कार्यान्वयनका लागि सम्पन्न गरिने समझदारीपत्रको मस्यौदालाई  पनि स्वीकृत गरेको छ । यसबाहेक ग्रीन क्याल्सियम एम्माेनियम नाइट्रेट  मल उत्पादन गर्न अध्ययन अनुमतिका लागि मलेसियाको  रेनीकाेला हाेल्डिङले पेश गरेको प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार पश्चिम सेती र सेती नदी-६ जलविद्युत् परियोजनाको विकासका लागि एनएचपीसी लिमिटेड इण्डियासँग भएको समझदारीपत्रका व्यवस्था अनुरूप प्रारम्भिक अध्ययन प्रतिवेदनका सम्बन्धमा विकासकर्ताले गरेका कार्यहरुको जानकारी लिदैं विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न निर्देश गरेको छ। त्यस्तै बोर्डले तमोर जलाशययुक्त परियोजना, लजिष्टिक परियोजनाहरु र भेहिकल म्यानुफ्याक्चरिङ एसेम्ब्ली प्लान्टको प्रगतिका सम्बन्धमा जानकारी लिएको छ ।

बोर्ड बैठकले २०८० सालमा आयोजना गर्न लागिएको लगानी सम्मेलनको अवधारणापत्र स्वीकृत गर्नुका साथै सम्मेलन सफलतापूर्वक आयोजना गर्न आवश्यक पूर्वतयारीका लागि लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिएको छ ।

बैठकमा प्रधानमन्त्रीले सरोकारवाला निकायलाई प्रभावकारी रूपमा समन्वय र सहकार्य गरी नतिजा देखिने गरी काम गर्न निर्देशन दिए । परियोजनाको लागि जग्गा प्राप्ति, स्थानीयका मागका सम्बोधन जस्ता विषयहरुका कारण परियोजना समयमै सम्पन्न हुन नसकी परियोजनाको लागत बढ्ने क्रम बढिरहेको हुनाले यस सम्बन्धमा सबै मन्त्रालय र निकायहरुले एकिकृत भएर कार्य गर्न निर्देशन दिए ।

बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरे बमोजिम परियोजना विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले सम्पादन गरेका प्रमुख कार्यहरुको सम्बन्धमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराए । परियोजनाहरुको विकास र सहजीकरणका सन्दर्भमा लगानी बोर्डको निर्देशन बमोजिम लगानी बोर्डको कार्यालय उच्च मनोबलका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

बैठकमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, कृषि तथा पशुपंक्षी विकास मन्त्री, नेपाल सरकारका मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर। बोर्डका विज्ञ सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।


Read Previous

वर्ष २०७९ मा भौतिक मन्त्रालय : नयाँ निर्माणभन्दा निर्माणाधीनलाई सम्पन्न गर्नमा जाेड

Read Next

मोहनकृष्ण उप्रेतीको ‘नेपालको बिजुली र जनसरोकार’ पुस्तक बजारमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *