Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै


कास्की। देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

नेपालले सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएपछि पहिलोपटक आगामी मे २९ देखि जुन १ सम्म सो संस्थाको शिखर सम्मेलन तथा एडभेञ्चर ट्राभल मार्ट पोखरामा आयोजना हुन लागेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिृकत डा धनञ्जय रेग्मीले जानकारी दिए ।

नेपाल सरकार, पर्यटन बोर्ड तथा पाटाको मुख्य आयोजनामा हुने कार्यक्रमको स्थानीय संयोजन पोखरा परिषद्ले गर्ने पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । शिखर सम्मेलनका लागि नेपाल पर्यटन बोर्डका अध्यक्षसमेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको र समितिमा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्था सदस्य रहेका छन् ।

कोभिड–१९ पछि उठ्दै गरेको नेपालको समग्र पर्यटन क्षेत्र र विशेषगरी पोखरा र गण्डकी प्रदेशको पर्यटनका लागि मार्ट र शिखर सम्मेलन कोसेढुङ्गा हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए । उनका अनुसार नेपाली तथा अन्तर्राष्ट्रिय व्यापारलाई एउटै प्लेटफर्ममा भेला हुने र काम गर्ने अवसर कार्यक्रमले प्रदान गर्नेछ ।

‘नेपालले तेस्रो पटक एडभेन्चर मार्ट र पहिलोपटक पाटा शिखर सम्ेमलन आयोजना गर्न लागेको छ । कार्यक्रमले नेपालको पर्यटनमा थप माइलेज बढ्ने अपेक्षा गरेका छौँ । यसबाट पर्यटक आगमनमा वृद्धि हुने र सन् २०२३ को अन्त्यसम्ममा नेपालको पर्यटन कोभिड–१९ पूर्वको अवस्थामा पुग्ने विश्वास गरिएको छ’ उनले भने ।

शिखर सम्मेलनमा १५ देशका गन्तव्य प्रमुख सम्मिलित पाटा कार्यकारी बोर्ड सदस्यको सहभागिता रहनेछ । नेपालले पहिलोपटक आयोजना गर्न लागिको प्रतिष्ठित पाटा शिखर सम्मेलनले नेपाल र पोखरालाई अन्तर्राष्ट्रियस्तरमा थप परिचित गराउने विश्वास गरिएको छ ।

एडभेन्चर मार्टमा विश्वभरका तीन सय अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितामा दिगो पर्यटन, सङ्कट व्यवस्थापन, हवाई सुरक्षा, साहसिक र पर्वतीय पर्यटनलगायतका विषयमा गहन छलफल हुने पाटाका इन्टरनेसनलका सचिव सुमन पाण्डेले बताए ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कार्यक्रमले पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने जनाउँदै महानगरले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।


Read Previous

सामुदायिक होमस्टेले लोभ्यायो पर्यटक

Read Next

भरतपुर महानगर: सडक निर्माण तीव्र, एकीकृत सहरी पूर्वाधार अन्तर्गत २ सडक शिलान्यास

Leave a Reply

Your email address will not be published.