Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

सडक कालोपत्र सुरु हुँदा स्थानीयवासी खुसी


भजनी । निर्माण सुरु भएको ४ वर्षपछि सडक कालोपत्र हुन थालेकाेमा स्थानीयवासी खुसी भएका छन् । कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं ‘ए’मा निर्माण भइरहेको स्मार्ट सिटी अन्तर्गतको सडक निर्माण सुरु भएको ४ वर्षपछि कालोपत्र सुरु हुँदा स्थानीय खुसी भएका हुन् ।

स्थानीय व्यापारी हिक्मत विश्वकर्माले सडक कालोपत्र हुन थालेपछि धुलो र हिलोको सास्ती कम हुने विश्वास व्यक्त गरे । ‘भएको कालोपत्र सडक पनि उखेलेर फालेको अवस्था थियो । सडकको काम अस्तव्यस्त हुँदा सास्ती त्यस्तै थियो भने धुलो र हिलोको समस्या उस्तै’, हिक्मतले भने, ‘सडक कालोपत्र हुन थालेपछि आवतजावतमा सहजता पुग्ने आशा छ । सडक राम्रो र टिकाउ बनोस् भन्ने अपेक्षा हामी व्यापारीको छ ।’

मुख्य बजार क्षेत्रमा निर्माण सुरु भएको काम बीचमै अलपत्र पर्दा सबैभन्दा बढी सास्ती व्यापारीहरुलाई भएको थियो । लामो समयदेखि अन्योलमा रहेको आयोजनाको कामले गति लिएपछि आशा जागेको स्थानीयवासी राजेन्द्र विष्ट बताउँछन्। उनले सडक निर्माणको काम सम्पन्न हुनेमा विश्वास व्यक्त गर्दै काम गुणस्तरीयमा भने शङ्का गरे । ‘आयोजनाले ढिलै भए पनि कालोपत्रको काम सुरु गरेको छ । त्यसको गुणस्तरमा स्थानीय सरकारको ध्यान पुग्नुपर्छ’, विष्टले भने, ‘आयोजनाका विगतका काम कारबाहीले काममा शङ्का गर्ने ठाउँ छ । निर्माण भएका केही संरचनामा आयोजनाको निकै ठूलो लापरबाही देखिएको छ ।’

सडक निर्माणको काम निकै कमसल भएको स्थानीयवासीले पटकपटक गुनासो गर्दै आएका छन् । निर्माण भएका नाली सबैभन्दा गुणस्तरहीन भएको स्थानीयवासी प्रकाश शाहले बताए । उनले निर्माण सम्पन्न भएका कैयौँ ठाउँमा नाली भत्किएको बताउँदै अन्य संरचनामा पनि प्रश्न गर्न ठाउँ निर्माण कम्पनीले राखेको बताए । ‘सडक निर्माणको काम निर्माण कम्पनीले पूरा गर्नैपर्छ । त्यो पूरा गर्नु नौलो कुरा होइन । कुरा गुणस्तरको हो’, शाह भने, ‘गुणस्तर काम भएर सकियो भने त्यसले परिणाम पनि राम्रो दिन्छ भने नागरिकले पनि धन्यवाद दिने ठाउँ हुन्छ ।’

निर्माण सम्पन्न भएको केही महिनामै सडक पुनः निर्माण गर्नुपर्ने स्थितिमा पुग्ने हो भने हर्ष मान्नुपर्ने कारण नभएको उनकाे भनाइ छ । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइ कार्यालय धनगढीको निगरानीमा निर्माण भइरहेको ब्लक नं ए अन्तर्गतको काम असार मसान्तसम्म सम्पन्न गर्ने योजना निर्माण कम्पनीको रहेको छ । महालक्ष्मी एमके जेभीले निर्माणको जिम्मा पाएको आयोजनाको चौथोपटक म्याद थप भएको छ ।

निर्माण कम्पनीका सुपरभाइजर जयराम थापाले असार मसान्तसम्म काम सम्पन्न हुने विश्वास व्यक्त गरे । उनका अनुसार वैशाखभित्र कालोपत्रको काम सम्पन्न हुनेछ । ‘सडकको बेसको काम सबै सकिएको छ । अब कालोपत्रको काम वैशाखभित्र सक्छौँ । सुपरभाइजर थापाले भने, ‘बाँकी फुटफाट र टुक्राटुक्राको काम बाँकी हुन्छ, त्यो पनि समयमै सम्पन्न गर्छौं ।’ आयोजनाले बाहिरी चक्रपथ छ लेन र चार लेनको एक किलोमिटर बाँकी दुई किलोमिटर दुई सय मिटर भित्री सडक कालोपत्र गर्ने छ ।

८ करोड ४१ लाखको लागतमा निर्माण हुन लागेको आयोजनाको म्याद मङ्सिरमा सकिएको भए पनि अहिलेसम्म म्याद भने थप भएको छैन । कम्पनीले असार मसान्तसम्मका लागि म्याद थप गर्न कार्यान्वयन इकाइलाई पत्र पठाएको छ । ‘म्याद थप हुन्छ । अब थप भएको समयभित्र काम सम्पन्न पनि हुन्छ’, कम्पनीका सुपरभाइजर थापा भन्छन, ‘बीचमा पनि काम गर्ने समयमा आएका समस्याले समयमै काम गर्न नसकिएको हो । यसमा निर्माण कम्पनीको दोष छैन ।’ उनले काम डिजाइनअनुसार भएको बताउँदै काममा शङ्का नगर्न पनि आग्रह गरे । रासस


Read Previous

पोखरामा खानेपानी नियमित नभएको स्थानीयकाे गुनासो

Read Next

हरित हाइड्रोजन उत्पादनमा आइओसीकाे ३ खर्ब लगानी,१० हजार पेट्राेल पम्पलाई चार्जिङ स्टेसन बनाइने

Leave a Reply

Your email address will not be published.