Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

पोखरामा खानेपानी नियमित नभएको स्थानीयकाे गुनासो


कास्की । पोखरा–१७ छोरेपाटनकी अनितादेवी शर्माले घर बनाएको १० वर्षभन्दा बढी भयो । उनले खानेपानीको समस्या झैल्दै आएको पनि त्यति नै भयो । तर, हरेक महिना खानेपानी संस्थान पोखरा कार्यालयमा पुगेर पैसा बुझाउन छाडेकी छैनन्।

पैसा तिरेर धारामा आएको पानीले उनलाई पुग्दैन् । ‘घर बनाएको १० वर्ष भयो पानीले कहिल्यै पुग्दैन्’, उनले भनिन्, ‘मोटर नै लगाएर ताने पनि सानो आउँछ । पु¥याउनै गाह्रो छ ।’ उनले नेपानी संस्थानलाई मासिक ११० रूपैयाँ बुझाउने गरेको बताइन् । त्यसले नपुगेर महिनामा एक ट्याङ्कटर पानी आठ/नौ सयसम्म तितेर खरिद गर्नुपर्ने उनको भनाइ थियो ।

पोखरामा खानेपानी नियमित नआउने मात्र होइन मिटरमा पनि समस्या छ । पोखरा–१२ की इन्दिरा भण्डारीको घरमा मिटरमा समस्या भयो । मिटरमा समस्या भएकै कारण गएको असोजमा उनकोमा खानेपानीको बिल ५५ हजारको आएको उनले बताइन् । पछि निवेदन दिएपछि ५ सय रुपैयाँ मात्र तिर्नुभयो । ‘मिटरमा समस्या भएर असोज महिनाको बिल ५५ हजार आयो । अनि पछि निवेदन दिएपछि पाँच सय मात्र तिरेर आएँ’, उनले भनिन्, ‘त्यो पछि पनि ३२ हजार आयो अनि फेरि निवेदन दिएर मिलाइयो । अहिले चाहिँ मिलाएको छु । अहिले त महिनामा ११० तिर्छु ।’

सेवाग्राहीले गुनासो गरिरहँदा खानेपानी संस्थानका पोखरा कार्यालय प्रमुख आशिष कार्कीले त्यति धेरै समस्या नरहेको बताउँछन् । ‘पोखरामा पानीको त्यति साह्रै समस्या छैन्’, उनले भने, ‘समस्या नै नभएको त होइन तर ५० हजार धारामा पाँच/१० प्रतिशतमा समस्या त हुन्छ नै ।’

संस्थानमा कर्मचारी अभावले केही समस्या भएको प्रमुख, कर्मचारी कम हुँदा धेरै काम गर्न नसकेको उनको भनाइ थियो । पोखराभर एक सयभन्दा बढी स्थानमा लिकेज भएकाले समस्या रहेको उनले बताए । यसका लागि बक्यौता न्यूनीकरण कमिटी गठन गरेर काम गरिरहेको छ ।

डिजिटल रिडिङ डिभाइसमा कर्मचारी पोख्त नहुँदा समस्या भएको प्रमुख कार्कीकाे भनाइ छ । ‘भर्खरै हामीले डिजिटल रिडिङ डिभाइस ल्याएका छौँ । त्यसमा कहिलेकाहीँ धेरै अङ्क पनि हान्न सकिन्छ’, उनले भने, ‘यो भनेको मान्छेको गल्ती हो । यस्तो अवस्थामा निवेदन दिएको खण्डमा तत्कालै समाधान गरिन्छ ।’

यहाँ निर्माणाधीन पोखरा खानेपानी सुधार आयोजनाको काम सकिएपछि पनि समस्या धेरै सुधार हुने उनकाे भनाइ थियो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) अनुदान सहयोगमा निर्माणाधीन काम ८९ प्रतिशत पूरा भएको छ।

जाइकाको ५ अर्ब रुपैयाँको अनुदान सहयोगमा सो आयोजना विसं २०७६ देखि पोखरामा सुरु भएको थियो । कोरोनाका कारण काममा ढिलाइ भएकाले हालसालै एक वर्ष म्याद थपिएको उनले बताए । सन् २०२४ सालसम्म यो आयोजना पूरा भएपछि पोखराको खानेपानी समस्या केही हदसम्म पूरा हुने उनकाे भनाइ छ । रासस


Read Previous

आइपिओ निष्कासन गर्दै मोदी इनर्जी

Read Next

सडक कालोपत्र सुरु हुँदा स्थानीयवासी खुसी

Leave a Reply

Your email address will not be published.