Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’ भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने

पानीका मुहानबारे अध्ययन गर्न फिन्डल्याण्डको टोली नमोबुद्धमा


काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ मा जमिनलाई रसिलो बनाइ राख्न खनिएका रिचार्ज पोखरीका कारण पलाएका पानीका स्रोत (मुहान) बारे अध्ययन गर्न फिन्डल्याण्डको परराष्ट्र मन्त्रालयको एक टोली आएको छ। नमोबुद्ध नगरपालिका–२भागवतेस्थित विभिन्न १३ स्थानमा पोखरी खनेर सञ्चालन गरिएको आयोजना अवलोकन गर्न मंगलबार फिन्डल्याण्डस्थित परराष्ट्र मन्त्रालयका दक्षिण एसिया युनिट निर्देशक फेको किल्युनेनलगायत २४ सदस्यीय टोली यहाँ आइपुगेको हो।

पानीका मुहान सुक्दै गएपछि नगरपालिकाले इसिमोड र सिप्रेडको सहयोगमा सो ठाउँमा जमिनलाई रसिलो बनाइराख्न खनिएका रिचार्ज पोखरीमार्फत मुहान संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ। उक्त कार्यक्रम अवलोकनकाक्रममा राजदूत हेका, निर्देशक किल्युनेनलगायत टोलीका सदस्यले कार्यक्रम लागू भएपछि स्थानीय समुदाय कति लाभान्वित भए भन्नेबारे जानकारी लिएको थियो।

स्थानीय बासिन्दा अश्विनकुमार श्रेष्ठले भूकम्पपछि सुकेका पानीको स्रोत रिचार्ज पोखरी खनिएपछि पुनःरसाएको बताए। अर्का स्थानीयवासी पूर्णमान लामा र लमिनमाया लामाले पानी सुकेर पहिला आकाशे पानीको भरमा खेती गर्दै आइएकामा अहिले पानी जमाएर तरकारी खेती र पशुपालनसमेत गर्न पाएको सुनाइन्।

आर्थिक वर्ष २०७८/७९ को भदौ–असोजमा पोखरी खनिए पछि जमिन रसाएर मूल फुट्न थालेका छन्। सोही मुहानबाट पानी संकलन गरी ट्यांकी निर्माण गरेर स्थानीय १३ घरधुरीलाई खानेपानीको व्यवस्था गर्दै आइएको नगर प्रमुख कुनसाङ लामाले बताए।

सीमित स्रोत र साधनका कारण विकासका सबै क्षेत्रमा नगरले काम गर्न सक्ने अवस्था नभएकाले सबै क्षेत्रसँगको सहयोग र सहकार्यमा नगरपालिका अगाडि बढिरहेको उनको भनाइ थियो। ट्यांकीमा संकलन भएर बढी भएको पानी स्थानीयवासीले सिँचाइका लागि प्रयोग गर्दै आएका छन्। प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले यस्ता कार्यक्रमले वातावरण सन्तुलन कायम गर्दै उत्पादन बढाउन सहयोगी हुनाका साथै योजना सञ्चालन गर्न थप उत्साह मिलेको बताए ।

त्यसरी उपयोग गर्दै आएको पानी हिउँदमा भने केही कम संकलन भएको नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले बताए। सो ठाउँमा सफल परीक्षण भएपछि सोही वडाका अन्य तीन स्थानमासमेत त्यस्ता रिचार्ज पोखरी खनिएको उनले जानकारी गराए।


Read Previous

पशुपति क्षेत्रका ६३ सम्पदाको पुनः निर्माण सम्पन्न

Read Next

बागलुङ-पोखरा सडक दैनिक ८ घण्टा बन्द हुने

Leave a Reply

Your email address will not be published.