Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा    प्रतिकूल मौसमले ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित    दैलेखका ४ गाउँपालिकाका ७ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

बजेट अभावले तुलसीपुर बसपार्क निर्माणमा ढिलाइ


तुलसीपुर । पहिलो चरणको काम पूरा भएको तीन वर्ष पुग्नै लाग्दा पनि तुलसीपुर बसपार्क निर्माणको दोस्रो चरणको काम अघि बढ्न सकेको छैन। बजेट अभावका कारण निर्माणमा ढिलाइ भएको हो।

३४ करोडको लागतमा बसपार्क निर्माण गर्न गुरुयोजना तयार भएको थियो। तुलसीपुर उपमहानगरपालिकासँग पर्याप्त बजेट भएन। त्यसैले विभिन्न चरणमा काम गर्ने गरी निर्माण थालिएको थियो। पहिलो चरणमा नगर विकास समितिबाट १० करोड ५० लाख रुपैयाँ ऋण लिएर बसपार्क निर्माण अघि बढाइएको थियो। नगर विकास कोषले २०७४ सालमा ९० प्रतिशत ऋण र १० प्रतिशत अनुदानमा बजेट उपलब्ध गराएको थियो।

‘पहिलो चरणमा एक तलाको टर्मिनल भवन, ५२ व्यापारिक सटर, सार्वजनिक शौचालय तथा सडक र सडकबत्ती निर्माण गर्यौँ,’ उपमहानगरपालिकाका इञ्जीनियर पवन योगीले भने। उक्त काम २०७६ सालमै सम्पन्न भएको थियो। ‘बजेट अभावले दोस्रो चरणको काम अघि बढ्न सकेको छैन,’ उनले भने, ‘बाँकी काम २४ करोड रुपैयाँमा नभ्याउने अवस्था छ। बजेट जुटाउनुपर्ने देखिन्छ।’

उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट काम गर्ने सम्भावना नभएपछि कार्यपालिकाले नगर विकास समितिसँग ऋण माग गर्ने निर्णय गरेको छ। छैटौँ कार्यपालिका बैठकले दोस्रो चरणको कामका लागि ऋण माग गर्ने निर्णय गरेको हो। टर्मिनल भवनलाई तीन तला बनाउनुपर्ने, सडकबत्ती जडान गर्नुपर्ने, क्लब टावर, कम्पलेक्स निर्माण, ढल निकास, पम्प व्यवस्थापन, पार्किङस्थल व्यवस्थापनलगायतका काम अझै बाँकी छन्। पाँच बिघा क्षेत्रफलमा उक्त बसपार्क निर्माण गरिँदै छ।

यातायात व्यवसायीले भने संरचना निर्माण संरचना निर्माण गर्न आफूहरूबाट कर उठाएको बताएका छन्। पार्किङ शुल्क पनि बढी लिने गरेको व्यवसायीको गुनासो छ। अझै पेट्रोलपम्प, क्यान्टिन, टर्मिनल भवन, यात्रु प्रतिक्षालय, स्वास्थ्य जाँच, सिसी क्यामेरा, ग्रिनपार्क, शौचालयलगायतको उचित व्यवस्थापन हुनसकेको उनीहरुको आरोप छ।

विसं २०५३ अघि हाल उपमहानगरपालिकाको कार्यालयभन्दा दक्षिणतर्फको पार्कमा तुलसीपुर बसपार्क थियो। सो बसपार्क २०५३ फागुनमा पातुखोलाको किनारमा स्थानान्तरण गरिएको थियो। त्यसको २१ वर्षपछि आधुनिक बसपार्क निर्माण सुरु भएको हो। निर्माणको जिम्मा शिवशक्ति कन्स्ट्रक्सनले लिएको हो।


Read Previous

नारायणगढ–बुटवल सडक विस्तार : ४ वर्षमा २३ प्रतिशत प्रगति

Read Next

राजस्व संकलनलाई प्रभावकारी बनाउँदै काठमाडौं महानगर, एनआईसी बैंकसँग सफ्टवेयर एकीकृत

Leave a Reply

Your email address will not be published.