Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

मंसिरभित्रै माथिल्लो सोलुको विद्युत राष्ट्रिय प्रणालीमा जोडिँदै


काठमाडौं । सोलुखुम्बुस्थित सोलु खोलामा निर्माण भएको १९.८ मेगावाटको माथिल्लो सोलु जलविद्युत आयोजनाले मंसिरभित्रै विद्युत उत्पादन सुरु गर्ने भएको छ । बेनी हाइड्रोपावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजना यही महिनाभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो ।

आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा इलेकट्रोमेकानिकलतर्फको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको आयोजना प्रमुख समन मानन्धरले बताए । उनका अनुसार अब अन्तिम चरणको सानो–तिनो काम भइरहेको छ ।

‘हाम्रो आयोजना अब विद्युत उत्पादन गर्ने चरणमा पुगेको छ,’ उनले नेपाल पूर्वाधारसँग भने,‘अन्तिम चरणको काम भइरहेकाले, त्यो पूरा हुनासाथ संरचनामा पानी भरेर परीक्षण सुरु गर्दैछौं ।’ उनले विविध कारणले आयोजनाको विद्युत उत्पादन गर्ने तालिका प्रभावित हुँदै आएकोमा अब ढिला नहुने बताए ।

यो आयोजनाले उत्पादन गर्ने विद्युत सालु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्म आवश्यक पर्ने प्रसारण लाइन निर्माणको काम पनि पूरा भइसकेको मानन्धरले जानकारी दिए ।

विद्युतगृहदेखि सबस्टेसनसम्म १२ किलोमिटर प्रसारण लाइनको रुटमा ४१ वटा टावर निर्माण गरिएको छ । यसअघि यो आयोजनाबाट दशैं अगावै विद्युत उत्पादन गर्ने भनिएको थियो । तर, गत भदौमा आएको बाढी सुरुङमार्फत प्रवेश गरी अन्य संरचनामा पनि क्षति पुर्याएका कारण पुनः दोहोर्याएर काम गर्नु परेका कारण मंसिरसम्म तालिका लम्बिएको कम्पनीले जनाएको छ ।

माथिल्लाे साेलुकाे बाँध

आयोजनाबाट २०७६ साल पुसमा विद्युत उत्पादन गर्ने पहिलो तालिका थियो । सुरुवातमा प्रसारण लाइनको समस्या, फेरि कोभिड–१९ महामारी, बर्खाको बाढी लगायत विविध कारणले आयोजनाको विद्युत उत्पादन तालिका पटक–पटक सर्न पुग्यो ।

अनेक समस्या झेल्दै आयोजना निर्माण सम्पन्न गर्न सफल भएको मानन्धरले बताए । प्रतिमेगावाट १८ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ४ बैंकले ऋण लगानी गरेका छन् ।

आयोजनाको संरचना निर्माण गर्दा सुरुवातमा १८ मेगावाट क्षमतामा काम सुरु गरिएको थियो । आयोजना निर्माणाधीन अवस्थामै रहेका बेला क्षमता विस्तार गरी जडित क्षमता १९.८ मेगावाट बनाइएको थियो ।

सोलु बेसिनमा माथिल्लो सोलुसँगै ८६ मेगावाटको सोलु दूधकोसी आयोजना पनि विद्युत उत्पादनको चरणमा पुगेको छ । अहिले यो आयोजनाको संरचनामा पानी भरेर परीक्षण गर्ने कार्य भइरहेको छ । अबको डेढ महिनाभित्रमा सोलु दूधकोसी आयोजना पनि प्रसारण प्रणालीमा जोडिँदैछ ।

८२ मेगावाटको तल्लो सोलु पनि विद्युत उत्पादन गर्ने चरणमा पुग्दैछ । यसअघि सम्पन्न भइसकेको २३.५ मेगावाटको सोलु खोला आयोजना सञ्चालनमा छ ।


Read Previous

निफ्राको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आउँदै

Read Next

नागढुंगा सुरुङमार्गको म्याद ३ महिना थप, अब कहिले सम्पन्न हुन्छ ?

Leave a Reply

Your email address will not be published.