Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

नागढुंगा सुरुङमार्गको म्याद ३ महिना थप, अब कहिले सम्पन्न हुन्छ ?


काठमाडौं । सरकारले निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको निर्माण समयावधी ३ महिनाले थप गरेको छ । यससँगै आयोजना तोकिएको समयमा सम्पन्न नहुने भएको छ ।

जापानी निर्माण कम्पनीले हाज्मा आन्दो कर्पोरेशनले निर्माण थालेको ४२ महिनामा आयोजना सम्पन्न गर्ने गरी सडक विभागसँग सम्झौता भएको थियो । तर, अहिले ३ महिना म्याद थप गरेर ४५ महिना पु्र्याएकाे आयोजना प्रमुख रामहरि पोखरेलले जानकारी दिए ।

‘निर्माण कम्पनीले थपिएको अवधिभन्दा पनि बढी समय माग गरे पनि अहिले ३ महिना मात्र थपिएको र यही समयावधी भित्र आयोजना सम्पन्न गर्ने गरी काम भइरहेको छ’ उनल भने । म्याद थप गर्नु पर्नाको कारणमा भने कोभिड १९ मुख्य कारण रहेको आयोजना कार्यालयको भनाइ छ ।

अब कहिले सम्पन्न हुन्छ ?

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको ठेक्का सम्झौता २३ सेप्टेम्बर २०१९ मा भएको थियो । ठेक्का शुरुवात भने १४ नोभेम्बर २०१९ देखि भएको हो । यो मितिदेखि ४२ महिनामा आयोजना सम्पन्न हुने भनिएको थियो ।

तर अहिले ३ महिना थप गरेपछि आयोजना २० जुलाई २०२३ मा सम्पन्न हुने नयाँ कार्यतालिका तय भएको छ । कुनै असहज अवस्था नआएको खण्डमा तोकिएकै सिमारेखा भित्र आयोजना सम्पन्न हुने आयोजना प्रमुख पोखरेलको भनाइ छ ।

आयोजनाको म्याद थप भए पनि लागतमा भने कुनै परिवर्तन नगरिएको आयोजना कार्यालयले जानकारी दिएको छ । आयोजना निर्माण सम्पन्न गर्न कुल लागत २२ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । थालनीमा २० अर्ब ६० करोड रुपैयाँ हुने अनुमान थियो ।

तर, जापानिज येन बलियो हुनु र संरचनाको लागि जग्गा प्राप्तिमा भएको खर्च बढेर २२ अर्ब १४ करोड रुपैयाँ पुगेको हो ।

नागढुंगा सुरुङमार्गको समग्र प्रगति ४५ प्रतिशत नाध्यो

नागढुंगा सुरुङमार्गको समग्र कामको प्रगति ४५ प्रतिशत नाघेको छ । आयोजना अन्तर्गत सुरुङ निर्माणको प्रगति भने ६७ दशमलव ३० प्रतिशत पूरा भएको नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाका प्रमुख रामहरि पोखरेलले जानकारी दिए । आयोजनाको कुल वित्तीय प्रगति भने ४८ दशमलव ८३ प्रतिशत पुगेको छ ।

काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६८८ मिटर मध्ये १ हजार ६४२ मिटर सम्पन्न भएको छ । त्यस्तै, निर्माणाधीन नागढुंगा सुरुङमार्गको अडिट र मुख्य सुरुङ गरी कुल ५ हजार चार सय ९९ मिटर लम्बाइको सुरुङमार्ग खन्नुपर्नेछ । त्यसमध्ये २२ कात्तिकसम्म ३ हजार ७०२ मिटर सम्पन्न भएको छ ।

इभ्याकुएसन सुरुङ कुल २ हजार ५ सय ५७ मध्ये १ हजार ८६० र क्रस प्यासेज कुल एक सय २८ मिटरमध्ये ७४ मिटर खनिएको छ । वर्किङ अडिट एक सय २६ मिटरमा पूरै सम्पन्न भइसकेको छ । खनिएको कुल लम्बाइमध्ये काठमाडौंतर्फ १ हजार ८३४ र धादिङतर्फ १ हजार ८६८ मिटर खनिएको छ ।

कुन संरचनामा कति प्रगति ?

आयोजनाको लागि ३ वटा अन्डरपास निर्माण गर्नुपर्नेमा अहिलेसम्म ३ वटै सम्पन्न भइसकेको छ । त्यस्तै, बक्स कल्भर्ट ४ वटै पूरा भएको छ । काठमाडौतर्फ निर्माण गर्नुपर्ने एउटा फ्लाईओभर निर्माणस्थलको भने अहिले जग्गा प्राप्तिको लागि मुआब्जा दिने काम भइरहेको छ ।

आयोजना कार्यालयका अनुसार अहिलेसम्म ८० प्रतिशत जग्गाको मुआब्जा दिने काम सकिएको छ । फ्लाई ओभरको दुई वटा फाउण्डेशन निर्माण र एउटा सबस्ट्रक्चर सम्पन्न भएको छ । कुल १२ वटा संरचना निर्माण गर्नुपर्नेमा ११ वटा पूरा भइसकेका छन् ।


Read Previous

मंसिरभित्रै माथिल्लो सोलुको विद्युत राष्ट्रिय प्रणालीमा जोडिँदै

Read Next

व्यवस्थित शहरी विकासका लागि जग्गा एकीकरण किन आवश्यक ?

Leave a Reply

Your email address will not be published.