Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

निफ्राको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आउँदै


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ऋणपत्र जारी गर्ने भएको छ । निफ्राले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने तयारी गरिरहेको हो ।

निफ्राले ऋणपत्र जारी गर्न बोर्डमा गत असार १ गते गरेको प्रस्ताव गत कात्तिक २४ गते स्वीकृति भइसकेको छ । बोर्डले स्वीकृति दिइसकेकाले अब बाँकी प्रक्रिया पूरा गरेर ऋणपत्र जारी गरिने निफ्राले जनाएको छ ।

निफ्राका अनुसार प्रतिकित्ता १ हजार रुपैयाँ दरमा ५० लाख कित्ता ऋणपत्र जारी गरिनेछ । ऋणपत्र खरिद गर्न सर्वसाधारणले आवेदन दिन सक्नेछन् । ऋणपत्र जारी गरी संकलन भएकाे पुँजी पूर्वाधार परियाेजनामा लगानी गर्ने याेजना छ ।

यो वर्ष जारी हुने ऋणपत्र ७ वर्षपछि परिपक्क हुनेछ । ‘७ वर्ष, ७ प्रतिशत निफ्रा ऊर्जा ऋणपत्र २०८५/८६’ नाम दिई ऋणपत्र निष्कासन गरिनेछ । ऋणपत्र खरिदकर्ताले ७ वर्षसम्म वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन् ।

निफ्राले जारी गर्ने कूल ऋणपत्रमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ । बाँकी ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निफ्राले व्यक्तिगत तरिकाबाट बिक्री वितरण गरिनेछ । ऋणपत्र निष्कासन गर्न एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

निफ्राले जलविद्युत सहित पूर्वाधार क्षेत्रको विकासमा लगानी गर्दै आइरहेको छ । निफ्राले अहिलेसम्म पूर्वाधार क्षेत्रका विभिन्न परियोजनामा ३४ अर्ब १९ करोड रुपैयाँ बढीको ऋण स्वीकृत गरेको छ । कूल लगानी मध्ये १ दर्जन जलविद्युत आयोजनामा १८ अर्ब रुपैयाँ ऋण लगानीको प्रतिबद्धता जनाई ऋण प्रवाह गरिरहेको छ ।


Read Previous

निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय संगठनको अध्यक्षमा नेपालका सिंह र महासचिवमा पाण्डे

Read Next

मंसिरभित्रै माथिल्लो सोलुको विद्युत राष्ट्रिय प्रणालीमा जोडिँदै

Leave a Reply

Your email address will not be published.