Nepal Purbadhar

मङ्लबार, बैशाख ४, २०८१
Tuesday, April 16, 2024

मङ्लबार, बैशाख ४, २०८१
Tuesday, April 16, 2024

निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय संगठनको अध्यक्षमा नेपालका सिंह र महासचिवमा पाण्डे


काठमाडौं ।एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (ईफाप्का) को ४५ औं सम्मेलनबाट रवि सिंह अध्यक्षमा चयन भएका छन् । माल्दिभ्सको राजधानी मालेमा भएको सम्मेलनबाट नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रहेका सिंह ईफाप्काको अध्यक्षमा चयन भएका हुन । त्यसैगरी महासचिवमा विरेन्द्रराज पाण्डे चयन भएका छन् । पाण्डे नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष समेत रहेका छन् ।

 त्यसैगरी ईफाप्काको बोर्ड सदस्यमा सुशिलकुमार श्रेष्ठ चयन भएका छन् । सम्मेलनमा ईफाप्कामा आबद्ध १९ मुलुकका निर्माण व्यवसायी आबद्ध रहेका छन् ।

४६ औं ईफाप्का सम्मेलन अबको १२ देखि १८ महिना भित्रमा दिगो पूर्वाधारमा साझेदारी भन्ने नारा सहित काठमाडौंमा आयोजना हुनेछ ।सन् १९५६ मा स्थापना भएको ईफाप्कामा हाल नेपालको तर्फबाट देशभरका निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ आबद्ध रहेको छ । नेपालले सन् १९९३ मा ईफाप्काको सदस्यता लिएको हो । ईफाप्काको ३० औं सम्मेलन सन् १९९९ मा नेपालमा भएको थियो ।


Read Previous

प्राधिकरणले भारतलाई विद्युत बिक्री गरेर साढे पाँच महिनामा १० अर्ब ३८ करोड कमायाे

Read Next

निफ्राको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आउँदै

Leave a Reply

Your email address will not be published.