काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभुति नागरिक लगानी कोषले गर्ने भएको छ ।
सेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत्को तर्फबाट डा.भुषण गुरागाईले हस्ताक्षर गरे ।
सगरमाथा जलविद्युत्काे ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा १ सय रुपैयाँ अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैँयाको शेयर कोषले प्रत्याभूति गर्ने छ ।