Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

रोयल्टीमा जलविद्युतको हिस्सा ५३ प्रतिशत


काठमाडौ । नेपालमा जलविद्युतबाट मात्र ५३ प्रतिशत रोयल्टी संकलन भएको छ । आगामी आर्थिक बर्ष २०७९/०८० वर्षको लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार जलविद्युतले मात्र ५३ प्रतिशत हिस्सा ओगटेको हो ।

वन, विद्युत, पर्वतारोहण र खानी तथा खनिजतर्फ ६ अर्ब ३९ करोड ८ लाख प्राकृतिक स्रोत वापतको रोयल्टी संकलन भएकोमा जलविद्युतको मात्र ३ अर्ब ३९ करोड अनुमानित रोयल्टी रहेको आयोगले जनाएको छ । यसमध्ये प्रदेश र स्थानीय तहले १ अर्ब ५९ करोड ७७ लाख/१ अर्ब ५९ करोड ७७ लाख बराबर रकम पाउनेछन् ।

विद्युत विकास विभागका अनुसार, हालसम्म साना, मझौला र ठूला गरी १७० आयोजनाबाट २ हजार १६ मेगावाटको उत्पादन क्षमता छ । आयोगले प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराएको रोयल्टीको अनुमानित विवरण अनुसार, प्रदेश र स्थानीय तहले मात्र जलविद्युत वापत ८४ करोड ७५ लाख/८४ करोड ७५ लाख पाउने अनुमान गरिएको छ ।

आयोगका अनुसार, राष्ट्रिय वन र संरक्षित वनवापत प्रदेश र स्थानीय तहले दुवैले ५ करोड ३३ लाख/५ करोड ३३ लाख अर्थात २९ प्रतिशत, पर्वतारोहण वापत १० करोड ६८ लाख/१० करोड ६८ लाख अर्थात ६.६८ प्रतिशत तथा खानी तथा खनिजतर्फ १७ करोड ९८/१७ करोड ९८ अर्थात ११.२५ प्रतिशत पाउने अनुमान गरिएको छ ।

आयोगका सह–सचिव एवं प्रवक्ता कृष्णबहादुर बोहोरा आयोगले हाल सबै प्रदेश र स्थानीय तहलाई अनुमानित रोयल्टी पठाइएको र यो अनुमानित भएकोले यसमा थपघट हुने बताउँछन् ।आयोगका अनुसार, ८४ करोड ७५ लाखमध्ये विद्युततर्फ सबैभन्दा बढी बाग्मती प्रदेशले ३६ करोड ५६ लाख र सबैभन्दा कम मधेश प्रदेशले शुन्य रकम पाएको छ ।

यसैगरी वनतर्फ ५ करोड ३३ लाख मध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशले पौने १२ करोड पाएको छ भने सबैभन्दा कम मधेश प्रदेशले ३ करोड १४ लाख पाएको छ । पर्वतारोहणतर्फ १० करोड ६८ मध्ये प्रदेश–१ ले सबैभन्दा बढी ८ करोड ७७ लाख र सबैभन्दा कम मधेश प्रदेशले शुन्य पाएको छ ।

यसैगरी खानी तथा खनिजतर्फ १७ करोड ९८ लाखमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशले १२ करोड ८ लाख र सबैभन्दा कम मधेश प्रदेशले शुन्य पाएको छ ।आयोगको तथ्यांकले विद्युत, पर्वतारोहण र खानी तथा खनिजमा मधेश प्रदेशको शुन्य छ भने वनमा पनि सबैभन्दा कम छ । प्रतिशतको आधारमा सात प्रदेशमध्ये मधेश प्रदेशले १.९७ प्रतिशत मात्र रोयल्टी वापतको रकम पाएको छ ।


Read Previous

जलविद्युत उद्यमी विजयमान शेरचनलाई ‘लाइफटाइम एचिभमेन्ट’अवार्ड

Read Next

सगरमाथा जलविद्युत्को शेयर प्रत्याभुति नागरिक लगानी कोषले गर्ने

Leave a Reply

Your email address will not be published.