Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

आयोजनाको म्याद थपको लागि निर्माण व्यवसायीलाई २१ दिनको समय


काठमाडौं । सरकारले स्वदेशी निर्माण व्यवसायीलाई सहयोग पुग्ने गरी खरिद नियमावलीको १२ औं संसोधन गरेको छ । संसोधनले निर्माण व्यवसायीलाई म्याद थप गर्नको लागि २१ दिनको समयावधि दिएको छ ।

यो व्यवस्था प्रारम्भ हुनुअघि अवधि थपको लागि सार्वजनिक निकाय समक्ष निवेदन दिइसकेको र कुनै निर्णय नभएको निर्माण कार्यको हकमा सम्बन्धित निर्माण व्यवसायीले यो नियम प्रारम्भ भएको २१ दिनभित्र संशोधित कार्यतालिका सहित सम्झौताको अवधि थपको लागि सम्बन्धित निकायमा निवेदन दिनु पर्नेछ ।

संसोधित व्यवस्था प्रारम्भ हुँदाका बखत खरिद सम्झौताको अवधि समाप्त भएको वा संवत् २०७९ साल असार मसान्तसम्म खरिद सम्झौताको अवधि समाप्त हुने तर खरिद सम्झौता बमोजिमको काम सम्पन्न नभएको वा हुन नसक्ने अवस्थामा रहेकोमा पनि म्याद थपको लागि निवेदन दिनुपर्नेछ ।

निवेदन प्राप्त भएको ३० दिनभित्र स्वीकृत गर्ने अधिकारीले निर्णय गरिसक्नुपर्नेछ । निर्णय नगरे त्यो अधिकारीलाई विभागीय कार्वाही हुने व्यवस्था गरिएको छ । यस व्यवस्थाले देशभरका न्यूनतम ३ हजार पूर्वाधार आयोजनाको म्याद थपिनेछ ।

निवेदन पेस गर्दा संसोधित कार्यतालिकासहित पेस गर्नुपर्नेछ । त्यसपछि निवेदन स्वीकृत गर्ने अधिकारीले न्यूनतम २ वटा प्रगति हासिल गर्नुपर्ने सीमा तोकि २०८० असार मसान्तसम्म म्याद थप गर्न सक्नेछ । यसअनुसार अधिकतम १ वर्षसम्मको म्याद थप हुनेछ । निर्माण व्यवसायीले प्रगति हासिल नगरेमा सरकारलाई क्षतिपूर्ति तिर्नुपर्नेछ ।

थप गरिएको अवधिसम्म पनि निर्माण काम सम्पन्न गनरेमा वा सम्झौताको अवधि थपको लागि निवेदन नदिएमा सम्झौताको अन्त्य गर्नुपर्नेछ । निवेदन नदिने र ६ महिनादेखि कार्यस्थलमा काम नगरेका निर्माण व्यवसायीको खरिद सम्झौताको म्याद थप नगरिने संसोधित नियमावलीमा उल्लेख छ ।

संसोधित व्यवस्था अनुसार अब स्वदेशी निर्माण व्यवसायीले ५ अर्ब रुपैयाँसम्मको काम गर्न पाउनेछन् । स्वदेशी निर्माण कम्पनीबीच मात्र प्रतिस्पर्धा गराई ५ अर्ब रुपैयाँसम्मको निर्माण काम गर्न पाउने व्यवस्था गरिएको हो ।

यसअघि ३ अर्ब रुपैयाँसम्मको मात्र स्वदेशी निर्माण व्यवसायीबीच प्रतिस्पर्धा गरी काम गर्न पाउने व्यवस्था थियो । सरकारले अन्तर्राष्ट्रिय स्तरको बोलपत्रमा भने यो व्यवस्था कार्यान्वयन हुनेछैन् ।

दुई खाम विधिबाट गरिने खरिदको कार्यविधि थप

सरकारले दुई खाम विधिबाट गरिने खरिदको कार्यविधि थप गरेको छ । थप गरिएको कामर्यविधीअनुसार बोलपत्रदाताको योग्यता आवश्यक पर्ने किसिमको मालसामान खरिद वा दुई करोड रुपैयाँभन्दा बढीको निर्माण कार्य गर्नुपर्दा बोलपत्रदाताले प्राविधिक र आर्थिक प्रस्ताव दुई अलगअलग खाममा राखी पेस गर्नुपर्नेछ ।

योग्यताको सबै आधारमा सफल हुने बोलपत्र सारभूत रुपमा प्रभावग्राही बोलपत्र मानिनेछ । त्यस्तै, सफल सबै बोलपत्रदातालाई आर्थिक प्रस्ताव खोल्ने स्थान, मिति र समय उल्लेख गरी तोकिएको समयमा उपस्थित हुन राष्ट्रिय स्तरको बोलपत्रको हकमा न्यूनतम ७ दिन र अन्तराष्ट्रिय बोलपत्रको हकमा न्यूनतम १५ दिनको अवधि दिई सूचना गर्नुपर्नेछ । यसअघि निश्चित अवधि तोकिएको थिएन् ।


Read Previous

सत्तारुढ दल कांग्रेस र माओवादीका कार्यकर्ताबाटै जलविद्युत आयोजना निर्माण ठप्प

Read Next

नागढुंगा सुरुङमार्गको ५६ प्रतिशत काम सम्पन्न

Leave a Reply

Your email address will not be published.