Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

सत्तारुढ दल कांग्रेस र माओवादीका कार्यकर्ताबाटै जलविद्युत आयोजना निर्माण ठप्प


काठमाडौ । रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको निर्माण कार्य ठप्प भएको छ ।

विभिन्न माग राखेर सत्तारुढ दल कांग्रेस र माओवादीका कार्यकर्ताको नेतृत्वमा जलविद्युत आयोजना अवरोध गरेपछि निर्माण कार्य ठप्प भएको हो । स्थानीय कांग्रेस कार्यकर्ता एसडी तामाङ र माओवादीका कार्यकर्ता लाक्पा तामाङले १५ बुँदे तथा कांग्रेस कार्यकर्ता देवी तामाङ र माओवादी कार्यकर्ता पासाङ तामाङले ५ बुँदे विभिन्न माग राखेर आयोजनाको निर्माण कार्यनै ठप्प पारेको आयोजना स्रोतले जनाएको छ ।

आयोजनाको कार्यालयमै पुगेर आयोजना बन्द गर्नका उनीहरुको नेतृत्वको स्थानीयबासीले दबाब दिएपछि आइतबारदेखि आयोजनाको निर्माण कार्य ठप्प भएको छ । आयोजना स्रोतका अनुसार, डेढ बर्षको अवधिमा ५० दिनभन्दा बढी स्थानीयबासीको अवरोधकै कारण निर्माण कार्य बन्द भैसकेको छ ।

आयोजना स्रोतका अनुसार, रसुवागढी जाने मुख्य राजमार्गमा दुई वटा मेशिन राख्नुपर्ने, गाउँ जाने सडकमा एउटा मेशिन राख्नुपर्ने, स्थानीयबासीका लागि एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर आयोजनाको निर्माण कार्य ठप्प भएपछि आयोजना निर्माणमा संलग्न सात सय कर्मचारी कामविहिन भएका छन् ।

आयोजनाका उपप्रमुख डा. गणेश न्यौपानेले भने स्थानीयबासीको मागको कारणले आयोजनाको निर्माण कार्य आइतबारदेखि बन्द भएको जानकारी दिए । उनका अनुसार, आयोजनामा सात सय कर्मचारीले काम गरिरहेका थिए भने उनीहरु अहिले कामविहिन भएका छन् ।

सन् २०२१ जनवरीदेखि पुर्व तयारीका र सन् २०२२ को जनवरीदेखि मुख्य संरचनाको काम सुरु गरिएको आयोजनाको निर्माण कार्य २०२६ को डिसेम्बरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनामा बारम्बार अवरोध भएपछि समयमै आयोजना निर्माणमा समस्या हुने आयोजनाका अधिकारीहरुको भनाई छ ।

तीन कोरियन कम्पनी, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाली साझेदारसमेतको लगानी रहने आयोजना नेपाल वाटर एण्ड इनर्जी डेलभपेन्ट कम्पनीले निर्माण गरिरहेको छ । आयोजनाका लागि ४५३.२ मिलियन डलर अर्थात करिब ५० अर्ब लगानी भित्रिएको छ, जुन नेपालमा आएको हालसम्मकै सबैभन्दा बढी वैदेशिक लगानी हो । आयोजनाबाट ३८.७५ प्रतिशत हिउँदमा सहित १ अर्ब ५३ करोड ३१ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
सन् २०१२ मा कोरियन कम्पनीले आयोजनाको अनुमतिपत्र लिएपनि लामो समय डलरमा विद्युत खरिद सम्झौता (पीपीए) बारेको अन्योलताका साथै अन्य प्रकृयागत झन्झटको कारण आयोजना अघि बढ्न सकेको थिएन ।

आयोजनाले स्थानीयबासीका साथै स्थानीय क्षेत्रको विकासका लागि ठूलो खर्च गरिरहेको भएपनि पटक पटक समस्या आउन थालेपछि आयोजनाका अधिकारीहरु चिन्तित बनेका छन् ।


Read Previous

पर्यटकीय क्षेत्र रारा तालमा पुग्यो बिजुली

Read Next

आयोजनाको म्याद थपको लागि निर्माण व्यवसायीलाई २१ दिनको समय

Leave a Reply

Your email address will not be published.