Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका   

पहिलोपटक विज्ञापन उत्पादन, प्रकाशन, प्रसारण र वितरणसम्बन्धी आचारसंहिता


काठमाडौं । विज्ञापन बोर्ड नेपालले पहिलोपटक विज्ञापन उत्पादन, प्रकाशन, प्रसारण र वितरण सम्बन्धी आचारसंहिता तयार गरेको छ ।

८ महिना अघि मस्यौदा तयार गरेर सबै सरोकारवालाहरुको सुझावको आधारमा तयार पारेको सो आचारसंहितामा विज्ञापन उत्पादन, प्रकाशन, प्रसारण र वितरण सम्बन्धी काम गर्ने व्यक्तिले पालना गर्नुपर्ने आचारसंहिताबारे उल्लेख छ ।

आइतबार सार्वजनिक गरिएको आचारसंहिता आईतबार देखिनै लागु भएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले जानकारी दिए । ‘पटक पटक सबै सरोकारवालासँग छलफल गरी यो आचारसंहिता तयार गरेर सार्वजनिक गरेका छौ ।’–उनले भने–‘यसले विज्ञापन व्यवसायलाई तटस्थ, मर्यादित, जिम्मेवारी र जवाफदेही बनाउने काम गर्छ ।’ उनले विज्ञापन आचारसंहिताले पारदर्शीता बढाउने बताउँदै बोर्डले विज्ञापन सम्बन्धी राष्ट्रिय नीतिको मस्यौदा तयार गरी छलफल गर्न लागेको पनि जानकारी दिए ।

आचारसंहितामा विज्ञापन व्यवसायमा संलग्न व्यक्तिको आचारणका साथै सामाजिक मर्यादा र सद्भावना सम्बन्धी, उपभोक्ता हित र प्रतिष्पर्धासम्बन्धी, स्थलगत विज्ञापन सम्बन्धी, उत्पादन सम्बन्धी, वितरण सम्बन्धी, भुक्तानी लगायत सम्बन्धी आचरणबारे उल्लेख छ ।

आचारसंहिताको सार्वजनिक गर्दै सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्दबहादुर कार्कीले आचारसंहिता कार्यान्वयन गर्न सकिए मात्र यो आचारसंहिता ऐतिहासिक हुन सक्ने बताए ।

कार्यक्रममा मिडिया सोसाइटीका महासचिव मदन लम्साल र नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले आचारसंहिता आफूहरुसँगको सुझावको आधारमा निर्माण भएको बताउँदै यसलाई आफूहरुले पालना गर्ने बताए ।

कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासुंघका अध्यक्ष विपुल पोखरेल, बरिष्ठ पत्रकार बबिता बस्नेत लगायतले आचारसंहिता आउनु ऐतिहासिक भएको बताए ।


Read Previous

६ महिनामा २ लाख ३७ हजार पर्यटकले नेपाल भ्रमण गरे

Read Next

‘स्थानीय तह योजना निर्माण र कार्यान्वयन पारदर्शी हुनुपर्छ’

Leave a Reply

Your email address will not be published.