Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

‘स्थानीय तह योजना निर्माण र कार्यान्वयन पारदर्शी हुनुपर्छ’


काठमाडौं । सूचना आयोगका पूर्व आयुक्त किरण पोखरेलले स्थानीय तह योजना निर्माण र कार्यान्वयनमा पारदर्शी हुनुपर्ने बताएका छन् । सूर्यविनायक नगरपालिकाको सहयोगमा राष्ट्रिय सञ्चार केन्द्रले आयोजना गरेको सूचनाको हक र सकारात्मक सोच विषयक कार्यक्रममा उनले योजना निर्माण र कार्यान्वयन पारदर्शी हुनुपर्ने बताएका हुन ।

लोकतन्त्रमा मात्र सूचनाको हक पाउने अधिकार हुने बताउँदै उनले जनताको करको रकम पारदर्शी रुपमा खर्च भयोकि भएन भनेर हेर्नका लागि सूचनाको हक सम्बन्धी अधिकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘स्थानीय तहको सरकारले प्रभावकारी रुपमा जनताको सेवाका लागि योजना बैक निर्माण गरी त्यसको प्राथमिकीकरणको आधारमा बजेट विनियोजन गर्न सक्छ ।’–उनले भने–‘योजना बैक बनाउँदा सरोकारवालासँग बारम्बार छलफल गर्दा यसले सबैको अपनत्व पनि बढ्छ ।’

उनले सूचनाका हक अन्तर्गत सूचना माग्ने, पाउने, अध्ययन गर्ने र सकारात्मक रुपले ग्रहण गर्नसक्ने भन्दै यसले योजना निर्माण कार्यान्वयनलाई पारदर्शी बनाउने बताए । पारदर्शीता र शुशासनकै लागि सूचनाको हकसम्बन्धी ऐनले प्रत्येक सार्वजनिक निकायलाई २० बुँदे ढाँचामा ३/३ महिनामा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै उनले सार्वजनिक क्षेत्रलाई पारदर्शी बनाउँदा जनताले तिरेको करको अधिकत्तम उपयोग हुने बताए ।

कार्यक्रममा रमण भट्टराई नेपालीले सकारात्मक सोचाइका लागि शरीर र मन दुवैबाट सकारात्मक उर्जा प्राप्त गर्न सकिने र यसले विकासबारे पनि सकारात्मक धारणा विकास हुने बताए । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले सूचनाको हक कार्यान्वयनमा नगरपालिका प्रतिवद्धता रहेको बताउँदै सकारात्मक सोचमार्फत गरिने विकास सफल हुने बताए ।

कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले केन्द्रले सञ्चारकर्मीको व्यवसायिक क्षमता विकासमा काम गरिरहेको जानकारी दिए ।


Read Previous

पहिलोपटक विज्ञापन उत्पादन, प्रकाशन, प्रसारण र वितरणसम्बन्धी आचारसंहिता

Read Next

म्यानमारमा नेपालको पर्यटन प्रवर्द्धन,‘एक पटक पुग्दै पर्ने देश’

Leave a Reply

Your email address will not be published.