Nepal Purbadhar

राष्ट्रका नाममा सम्बोधनलगत्तै राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री शाह


काठमाडौं । राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन्।

बिहीबार साँझ राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच मुलुकको पछिल्लो समसामयिक अवस्था, विशेषगरी सुनसरीलगायतका क्षेत्रमा उत्पन्न तनावपूर्ण परिस्थितिबारे छलफल भएको बताइएको छ।
यसअघि राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सुनसरीलगायतका क्षेत्रमा विकसित घटनाक्रमप्रति सरकार पूर्ण रूपमा संवेदनशील रहेको बताएका थिए। उनले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई संयमित हुन आग्रह गर्दै अफवाहमा विश्वास नगर्न र कानुन हातमा नलिन नागरिकलाई अपिल गरेका थिए।

प्रधानमन्त्रीको सम्बोधनपछि तत्कालै राष्ट्रपति पौडेलसँग भएको भेटलाई पछिल्लो विकसित घटनाक्रमका विषयमा जानकारी गराउने र समसामयिक अवस्थाबारे परामर्श गर्ने क्रममा भएको रूपमा हेरिएको छ।


Read Previous

सुनसरी घटनाप्रति उद्योग वाणिज्य महासङ्घको चिन्ता, शान्ति र सामाजिक सद्भाव कायम गर्न आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar