
काठमाडौं । स्युचाटार सबस्टेशनमा स्युचाटार–मातातीर्थ १३२ केभी प्रसारण लाइनको बसमा तार चुडिएपछि आकस्मिक समस्या आएको छ। समस्या मर्मत गर्न सटडाउन लिनुपर्ने भएकाले आज अपराह्न काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार २०८३ साउन १५ गते अपराह्न ४ः३० बजेदेखि ५ः३० बजेसम्म करिब एक घण्टा विद्युत आपूर्ति अवरुद्ध हुन सक्नेछ।
यस अवधिमा स्युचाटार, पाटन, के–३ र टेकु सबस्टेशनबाट विद्युत आपूर्ति हुने क्षेत्रहरू प्रभावित हुने प्राधिकरणले जनाएको छ।
मर्मत कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत सेवा त्यसैअनुसार पुनः सुचारु गरिने प्राधिकरणले स्पष्ट पारेको छ।
अचानक विद्युत आपूर्ति अवरुद्ध हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।
