Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

आरओआर जलविद्युत आयोजनाको पिपिए सीमा बढाइयो, १५ सय मेगावाटको पिपिए हुने


काठमाडौं । सरकारले नदीको बहावमा आधारित (आरओआर) जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) कोटा बढाएको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले नदीको बहावमा आधारित जलविद्युत आयोजनाको पिपिए सीमा बढाउने निर्णय गरेको हो ।

सरकारको १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा गर्न नदीको बहावमा आधारित जलविद्युत आयोजनाको हिस्सा ३५ प्रतिशत तोकिएकोमा त्यसलाई बढाएर ४५ प्रतिशत पुर्याउने निर्णय भएको बैंकमा सहभागी एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार जलाशय जलविद्युत आयोजनाको सीमा घटाएर नदीको बहावमा आधारित जलविद्युत आयोजनाको पिपिए सीमा बढाइएको हो ।

सीमा बढाइएपछि अब थप १५ सय मेगावाटका नदीको बहावमा आधारित जलविद्युत आयोजनाको पिपिए हुने भएको छ । १५ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न जलाशय जलविद्युत आयोजनाबाट ३५ प्रतिशत विद्युत उत्पादन हुने गरी सीमा निर्धारण गरिएको थियो ।

सरकारी लक्ष्य पूरा गर्न अब जलाशय जलविद्युत आयोजनाको सिस्सा २५ प्रतिशत (३ हजार ७ सय ५० मेगावाट) रहनेछ । अर्धजलाशय जलविद्युत आयोजनाको हकमा भने १५ हजार मेगावाटको ३० प्रतिशत अर्थात ४५ सय मेगावाटको सीमालाई नै यथावत राखिएको छ ।

१५ हजार मेगावाटको विद्युत उत्पादनका लागि नदीको बहावमा आधारित जलविद्युत आयोजनाको सीमा पुगिसकेको भन्दै ३ वर्षभन्दा बढी समयदेखि पिपिए रोकिएको छ । पिपिए रोकिएकै कारण सयौं जलविद्युत आयोजनाको निर्माण अगाडि बढ्न सकेको छैन ।

नेपाल विद्युत प्राधिकरणका अनुसार अहिले ९ हजार मेगावाट बढीका जलविद्युत आयोजनाले पिपिएका लागि आवेदन दिएका छन् । जसमा नदीको बहावमा आधारित जलविद्युत आयोजनाको संख्या धेरै छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूले रोकिएको पिपिए तत्काल खुलाउनु पर्ने माग सरकार समक्ष राख्दै आएका थिए ।


Read Previous

बूढीगण्डकी निर्माणका लागि पब्लिक कम्पनी स्थापना गर्न मन्त्रीपरिषदको स्वीकृति

Read Next

चपली सबस्टेसनको ट्रान्सफर्ममा समस्या आउँदा बूढानीलकण्ठ क्षेत्रको विद्युत आपूर्ति अवरुद्ध

Leave a Reply

Your email address will not be published.