Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने ट्रयाक खुलेकाे ३ दशकपछि मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै    इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै

चपली सबस्टेसनको ट्रान्सफर्ममा समस्या आउँदा बूढानीलकण्ठ क्षेत्रको विद्युत आपूर्ति अवरुद्ध


काठमाडौं । काठमाडौंको बूढानीलकण्ठस्थित चपली सबस्टेसनमा जडित पावर ट्रान्सफर्मरमा समस्या आउँदा त्यस क्षेत्रको विद्युत आपूर्ति अवरुद्ध भएको छ । बुधबार बिहान ५ बजेदेखि सबस्टेसनमा जडित पावर ट्रान्सफर्मरमा समस्या आउँदा विद्युत आपूर्ति अवरुद्ध हुन पुगेको हो ।
सबस्टेसनमा जडित १०/१० एमभिएका ३ वटा पावर ट्रान्सफर्मरमध्ये एउटामा सबस्या आएको नेपाल विद्युत प्राधिकरण महाराजगन्ज वितरण केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठले बताए । उनका अनुसार ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बूढानीलकण्ठ, तारेभीर, झोरलगायतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ ।

ट्रान्सफर्मरबाट ५ वटा फिडर सञ्चालनमा रहेकोमा सबै फिडरको सेवा बिहानैबाट अवरुद्ध छ । श्रेष्ठले सम्भव भएका स्थानमा अन्य सबस्टेसनबाट वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति गरिएको बताए ।

समस्या देखिएको ट्रान्सफर्मरलाई हटाएर जगेडामा रहेको ट्रान्सफर्मर जडान गर्ने कार्य अहिले भइरहेको पनि उनले जानकारी दिए । नयाँ ट्रान्सफर्मर जडान जतिसक्दो छिट्टो सम्पन्न गरी विद्युत आपूर्ति सुचारु गर्न टोली परिचालित भएको वितरण केन्द्रले जनाएको छ ।


Read Previous

आरओआर जलविद्युत आयोजनाको पिपिए सीमा बढाइयो, १५ सय मेगावाटको पिपिए हुने

Read Next

अरुण तेस्रोको विद्युत प्रवाह हुने प्रसारण लाइन शुल्क तिरेर उपयोग गर्न पाउनु पर्ने भोजपुरबासीको माग

Leave a Reply

Your email address will not be published.