Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

दीर्घकालीन हुने गरी सहरी नीति बनाउँदैछौं: मन्त्री झाँक्री


काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले परिमार्जित सहरी नीति दीर्घकालीन खालको बनाइने बताएकी छन् । शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय सहरी नीति तथा हरित उत्थानशील र समावेशी विकास विषयक कार्यक्रममा मन्त्री झाँक्रीले परिमार्जित सहरी नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिइन् ।

सहरी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा संघीयताको मर्मअनुसार सहरी नीति परिमार्जन गर्न लागेको बताइन । परिमार्जनपछि उक्त नीतिले सबैको आवश्यकता समेट्ने उनको भनाइ छ । ‘राष्ट्रिय सहरी नीति दीर्घकालीन हुने खालको बनाउँछौं । देशैभर छलफल गरेर शहरी नीति परिमार्जन र शहरी विकास ऐनको मस्यौदा अन्तिम चरण पुर्‍याएका छौं’ उनले भनिन् ।

मन्त्रालयका सचिव डा. रमेश सिंहले बसाइसराई बढ्दो सहरीकरणका लागि चुनौती बनेको बताए । उनले सहरी नीतिमा सुशासन र सुरक्षाको विषयलाई प्रमुखताका साथ समेटिने जानकारी दिए । संघीयता कार्यान्वयनका लागि स्थानीय तहको अधिकार क्रमसँगै वितरण गर्नुपर्नेमा उनको जोड छ ।

नेपाल नगरपालिका संघका प्रमुख कार्यकारी अधिकृत कलानिधि देवकोटाले परिमार्जित सहरी नीति कार्यान्वयनका लागि सहजीकरण गर्न आफूहरू तयार रहेको बताए । यस विषयमा नव निर्वाचित जनप्रतिनिधिलाई समेत प्रशिक्षण दिएर अघि बढ्न सुझाव दिए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा.पुष्परमण वाग्लेले स्वच्छ, सफा र पहिचानसहितको सहरको विषयलाई परिमार्जित नीतिले समेट्नुपर्ने बताए । सहरी विकासका लागि तीन तहका सरकार र अन्तरमन्त्रालय बीचको सहकार्य जरुरी रहेकाले नीतिमा यस्ता कुरा समेट्नु पर्नेमा जोड दिए ।
सुन्दर शहर निर्माणका लागि राष्ट्रिय योजना आयोग सधैं सहयोग र सहकार्य गर्न तयार रहेको समेत डा. वाग्लेले बताए । कार्यक्रममा सहरी विज्ञ डा. महेन्द्र सुब्बाले नेपालमा शहरीकरणका क्षेत्रमा देखिएका चुनौतीका विषयमा प्रस्तुतीकरण गरे ।

मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रोशन श्रेष्ठले कार्यक्रममा राष्ट्रिय सहरी नीतिको मस्यौदा प्रस्तुत गरे । कार्यक्रममा मन्त्रालयका अधिकारीहरूसहित यूएन ह्याबिटेट नेपाल, एसियाली विकास बैंक, नेपाल नेशनल अर्बन फोरमका प्रतिनिधिलगायतको सहभागिता थियो ।


Read Previous

८ हजार मिटर उचाईका ४ हिम श्रृङ्खलाबाट ३० हजार किलो फोहोर संकलन

Read Next

टर्वाइन विज्ञ प्रधानको जीवनी पुस्तक र वृत्तचित्रमा

Leave a Reply

Your email address will not be published.