
बागमती। हेटौँडा औद्योगिक क्षेत्रभित्र बक्यौता नतिर्ने उद्योगहरूको विद्युत् लाइन काट्ने अभियान दोस्रो दिन पनि जारी रहेको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयले बिहीबार ५० वटा उद्योगको विद्युत् लाइन काटेपछि आज बिहान ६ बजेदेखि बाँकी उद्योगमा पनि कारबाहीलाई निरन्तरता दिएको हो।
कार्यालयका अनुसार बक्यौता नतिर्ने उद्योगको विद्युत् लाइन काट्ने कार्यसँगै बक्यौता चुक्ता गरेका उद्योगको लाइन पुनःजोड्ने काम पनि भइरहेको छ।
बिहीबार मात्रै १२ वटा उद्योगले बक्यौता तिरेपछि उनीहरूको विद्युत् आपूर्ति पुनःसञ्चालन गरिएको ५।
हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेका साना तथा ठूला गरी १३१ उद्योगले विभिन्न शीर्षकमा बक्यौता तिर्न बाँकी रहेको कार्यालयको तथ्यांक छ। कार्यालयले बक्यौता नबुझाउने सबै उद्योगको विद्युत् लाइन काट्ने चेतावनी दिएको छ।
