
सांकेतिक रूपमा प्रयोग गरिएको पृथ्वी राजमार्गको फाइल तस्बिर।
काठमाडौं। पृथ्वीराजमार्गअन्तर्गत धादिङको गलौँदीमा सडक चिरा परेर भासिएपछि मुग्लिन-काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सडक भासिएपछि दुवैतर्फको सवारी आवागमन ठप्प भएको छ । सडकको बीच भागमा चिरा परेर भासिने क्रम जारी छ ।
सडक थप भासिने क्रम नरोकिएकाले उक्त खण्डमा सवारी आवागमन बन्द भएको हो । सडक अवरुद्ध हुँदा मुग्लिन-काठमाडौं मार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् ।
सडकको अवस्था र आवागमन पुनः सञ्चालन गर्ने विषयमा थप विवरण आउन बाँकी छ ।

