Nepal Purbadhar

रिडी-भेँडुवा र रिडी-खर्ज्याङ सडकका प्रभावितलाई १० करोड ३६ लाख क्षतिपूर्ति


गुल्मी। मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी-भेँडुवा र रिडी-खर्ज्याङ सडकखण्ड विस्तारबाट प्रभावित घरधनीलाई सरकारले १० करोड ३६ लाख ७१ हजार ४५९ रुपैयाँ क्षतिपूर्ति वितरण गरेको छ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सडक विस्तारका क्रममा प्रभावित भएका घरधनीलाई मुआब्जा तथा क्षतिपूर्तिबापतको रकम उपलब्ध गराएको हो।

मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिको मूल्याङ्कनका आधारमा सम्बन्धित घरधनीहरूको बैंक खातामा रकम जम्मा गरिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इन्जिनियर तथा सूचना अधिकारी प्रभात तिवारीले जानकारी दिए।

कार्यालयका अनुसार रिडी-भेँडुवा सडकखण्डबाट प्रभावित १३८ जना घरधनीलाई क्षतिपूर्ति उपलब्ध गराइएको छ। त्यस्तै रिडी-खर्ज्याङ सडकखण्डका ४६ जना घरधनीले पनि क्षतिपूर्ति पाएका छन्।

सडक विस्तारका क्रममा घर तथा अन्य संरचना प्रभावित हुने घरधनीलाई मूल्याङ्कनका आधारमा क्षतिपूर्ति उपलब्ध गराइएको कार्यालयले जनाएको छ। सडक विस्तारसँगै प्रभावितलाई क्षतिपूर्ति वितरण भएपछि आयोजनाको काम अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ।

मदन भण्डारी राजमार्गले गुल्मीका विभिन्न क्षेत्रलाई सडक सञ्जालमा जोड्दै जिल्लाको यातायात तथा पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


Read Previous

काठमाडौँमा सुकुम्बासीको खबरदारी र्‍याली (तस्बिर)

Read Next

भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा कन्ज्युमर इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar