Nepal Purbadhar

ऊर्जामन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभार


काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उनीहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यभार तोकेका हुन्।

अर्थमन्त्री वाग्ले विश्व बैंकका अध्यक्षको निमन्त्रणामा अमेरिकाको भ्रमणमा छन्। त्यस्तै, परराष्ट्रमन्त्री खनाल प्रि-कोप लिडर्स इभेन्टमा सहभागी हुन फिजी भ्रमणमा छन्।

उनीहरू विदेश भ्रमणमा रहेका कारण दुवै मन्त्रालयको कार्यभार मन्त्री श्रेष्ठलाई दिइएको हो।


Read Previous

राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन पहल

Read Next

विद्युत प्राधिकरणले २७ वटा हाइड्रोको आरसीओडी थप्यो, अरुको कहिले थपिन्छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar