
काठमाडौं। टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।
यूटीएसले टोयोटा मोटर एसिया र टोयोटा त्सुसो एसिया प्यासिफिकसँगको सहकार्यमा उक्त रकम कोषमा हस्तान्तरण गरेको हो।
विपद्का समयमा प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्निर्माणका लागि सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको यूटीएसले जनाएको छ।
सहयोग हस्तान्तरणका क्रममा युनाइटेड ट्रेडर्स सिन्डिकेटका अध्यक्ष सुरज वैद्य र प्रबन्ध निर्देशक रितु सिंह वैद्यको उपस्थिति रहेको थियो।
यूटीएस र ग्लोबल टोयोटाले कठिन समयमा नेपाल र नेपाली जनताको साथमा उभिने तथा सुरक्षित र मजबुत भविष्य निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता दोहोर्याएका छन्।

