Nepal Purbadhar

काठमाडौँमा सुकुम्बासीको खबरदारी र्‍याली (तस्बिर)


काठमाडौँमा बिहीबार भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका हक–अधिकार सुनिश्चितताको माग गर्दै खबरदारी र्‍याली निकालिएको छ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा काठमाडौँ उपत्यका विशेष समितिको आयोजनामा माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म र्‍याली निकालिएको हो।

र्‍यालीमा सहभागीले ‘गरिबमारा सरकार मुर्दावाद’, ‘लोकतन्त्रको सम्मान गर्’, ‘मानवअधिकारको सम्मान गर्’ र ‘सुकुम्बासीको व्यवस्थापन के गरिस् ?’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

उनीहरूले भूमिहीन तथा सुकुम्बासीको उचित व्यवस्थापन, मानवअधिकारको सम्मान र भूमिअधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

सरकारी डोजर अभियानका क्रममा विस्थापित भएर ज्यान गुमाएकालाई भूमिअधिकार आन्दोलनका सहिद घोषणा गर्नुपर्ने मागसमेत उनीहरूले अघि सारेका छन्। आन्दोलनरत पक्षका अनुसार सरकारको ‘डोजर आतंक’का कारण ९ जना नागरिकले ज्यान गुमाएका छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

उपत्यकामा कुन कुन रुटमा मेट्रो चलाउन सम्भव छ ? पूर्व महानिर्देशक बलराम मिश्रसंगको अन्तर्वार्ता

Read Next

रिडी-भेँडुवा र रिडी-खर्ज्याङ सडकका प्रभावितलाई १० करोड ३६ लाख क्षतिपूर्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar