Nepal Purbadhar

भदौ ९ देखि १४ गतेसम्म १८औं नाडा अटो शो २०२६ हुने


काठमाडौं । १८औं नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

नाडाको ५०औं वर्षको अवसरमा आयोजना हुने शोमा ३ लाख वर्गफिट क्षेत्रमा २०० भन्दा बढी स्टल रहनेछन्। प्यासेन्जर कार, दुईपाङ्ग्रे, लाइट कमर्सियल भेइकल, पार्टपुर्जा, टायर, ब्याट्री, बैंक तथा बीमा कम्पनीका ब्रान्डहरूको सहभागिता रहनेछ।

अटो शोमा ‘मेड इन नेपाल एन्ड मेक फर नेपाल’ प्याभिलियनसँगै जीआई ह्युमनोइड र जीओ २ क्वाड्रुपेड रोबोट मुख्य आकर्षणका रूपमा रहनेछन्।

६ दिनमा करिब ७५ हजार दर्शक आउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

तस्बिरहरू :नेपाल फोटो लाइब्रेरी


Read Previous

४२० मेगावाटको तिला-२ जलविद्युत आयोजनाका लागि ५२ अर्ब ५५ करोड ऋण लगानी सम्झौता

Read Next

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar