Nepal Purbadhar

आगलागीपछि मन्त्री श्रेष्ठको सक्रियता, थापाथलीका अव्यवस्थित तार एक दिनमै व्यवस्थापन


काठमाडौं । थापाथली क्षेत्रमा लामो समयदेखि अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत्, इन्टरनेट, टेलिफोन र केबल टेलिभिजनका तार एक दिनमै व्यवस्थापन गरिएको छ।

मंगलबार राति तारको गुजुल्टोमा आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बुधबार बिहानै घटनास्थल पुगेर सम्बन्धित निकायबीच समन्वय गर्दै तार व्यवस्थापनको काम अघि बढाएका थिए।

मन्त्री श्रेष्ठको पहलमा नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक, काठमाडौं महानगरपालिका तथा अन्य सरोकारवाला निकायको समन्वयमा प्रयोगविहीन तथा जोखिमपूर्ण तार हटाइएको हो।

मन्त्री श्रेष्ठले फिल्डबाटै सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना तथा सम्बन्धित निकायसँग समन्वय गरेर अवरुद्ध सेवा पुनः सञ्चालन र जोखिमपूर्ण तार व्यवस्थापनको कामलाई तीव्रता दिएका थिए।

उनले थापाथलीमा सफलतापूर्वक तार व्यवस्थापन गरिएकाले राजधानीका अन्य क्षेत्रमा पनि यस्तै अभियान सञ्चालन गरिने बताए। जोखिमपूर्ण अवस्थामा रहेका तारको तत्काल व्यवस्थापनसँगै दीर्घकालीन रूपमा व्यवस्थित तार व्यवस्थापन योजना कार्यान्वयन गरिने उनको भनाइ छ।

मन्त्री श्रेष्ठले राजधानीका विभिन्न क्षेत्रमा वर्षौंदेखि पोलमा झुन्डिएका र गुजुल्टिएका तार हटाउने अभियानलाई सम्बन्धित निकायसँगको सहकार्यमा थप तीव्रता दिइने पनि बताएका छन्।


Read Previous

पहिरोले १३२ केभी प्रसारण लाइनको टावरमा क्षति, दुई जलविद्युत् आयोजनाको विद्युत् प्रवाह प्रभावित

Read Next

विद्युत महसुल घटाउने तयारीमा सरकार,ऊर्जामन्त्रीले बनाए समिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar