
काठमाडौं । सर्वोच्च अदालतको पूर्व प्रधानन्यायधीश सुशिला कार्कीलाई आजै सरकार प्रमुख बनाउने गरी सहमति भएको छ ।
शुक्रबार शितलनिवासमा कार्कीलाई प्रधानमन्त्री बनाउन सहमति जुटेको हो । प्रतिनिधी सभा विघटन गर्ने सहमति भएपछि उनी प्रधानमन्त्री बन्ने भएकी हुन् ।
सुशिला कार्की प्रधानमन्त्री भएपछि संसद विघटन गर्ने अडानबाट राष्ट्रपति रामचन्द्र पौडले ब्याक भएका छन् । युवाहरुको दबाब थेग्न नसकेर उनी आफ्नो अडानबाट पछि हटेका हुन् । स्रोतका अनुसार अहिले शितल निवासमा संसद विघटन गर्ने र कार्कीलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेको छ । उनलाई आजै सपथ खुवाउने तयारीमा शितल निवास लागेको छ ।
Facebook Comments