Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत काम तत्काल अघि बढाउन मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज सरोकारवालासँगको छलफलका क्रममा पर्यटनमन्त्री सुदन किरातीले गौतमबुद्ध विमानस्थलमा केही आधारभूत सुधारसहित विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि मातहत निकायलाई आग्रह गरे । उनले विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक समन्वय र सहजीकरणका लागि पनि सम्बन्धित निकायलाई निर्देशन दिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सङ्घीयताको मर्म र भावनाअनुरुप विमानस्थल पूर्णरुपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए । मुख्यसचिव डा वैकुण्ठ अर्यालले विमानस्थलको प्रभावकारी सञ्चालनका लागि सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले विमानस्थलको विद्यमान अवस्थाबारे जानकारी गराएका थिए । सहभागी वायुसेवा सञ्चालक तथा पर्यटन व्यवसायीले विमानस्थलमा जहाजको उडान सङ्ख्या बढाउन र पर्यटकलाई राहत प्याकेजको व्यवस्था गर्न आग्रह गरेका थिए ।

विमानस्थलको प्रभावकारी सञ्चालनका लागि सङ्घ र प्रदेश सरकारबीच समन्वय तथा सहजीकरण गर्ने विषयमा मन्त्रालयले प्रतिबद्धता जनाएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।

छलफलमा पर्यटनमन्त्री किराती, पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, मुख्यसचिव डा अर्याल, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी, साथै नेपाल वायुसेवा निगम, निजी वायुसेवा सञ्चालक कम्पनी, लुम्बिनी प्रदेशका होटल व्यवसायी, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको उपस्थिति थियो ।


Read Previous

उदीपुर–रिठ्ठेबगर–नौथर सेरा सडक अलपत्र

Read Next

माथिल्लो त्रिशूली-३ ‘बी’ले चिनियाँ कम्पनीसँगकाे ठेक्का ताेड्याे,अर्को ठेकेदार नियुक्त गरेर निर्माण अघि बढाइने

Leave a Reply

Your email address will not be published.