Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

माथिल्लो त्रिशूली-३ ‘बी’ले चिनियाँ कम्पनीसँगकाे ठेक्का ताेड्याे,अर्को ठेकेदार नियुक्त गरेर निर्माण अघि बढाइने


काठमाडौं । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले नुवाकोटको त्रिशूली नदीमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशुली-३ ‘बी’ जलविद्युत आयोजनाको ठेक्का तोडेको छ । आयोजनाको प्रवर्द्धक कम्पनीले चिनियाँ ठेकदार कम्पनी सुइफा एएनएचई ग्रुपले सम्झौता अनुसार निर्माणको काम सम्पन्न नगरेपछि ठेक्का तोडेको हो ।

पटक–पटक म्याद थप गरेर आयोजना सम्पन्न गर्न निर्देशन दिँदा पनि काम गर्न अटेर गरेका कारण ठेक्का सम्झौता तोडिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द ढुंगेलले बताए । उनका अनुसार कम्पनीले गत डिसेम्बर १ मा १४ दिने सूचना चिनियाँ कम्पनीलाई दिइएकोमा १६ डिसेम्बरबाट लागु हुने गरी ठेक्का सम्झौता तोडिएको छ ।

ठेकेदारको कमजोर कार्यसम्पादन तथा लापरबाहीका कारण चिनियाँ कम्पनीसँगको ठेक्का सम्झौता तोड्ने निर्णयमा कम्पनी पुगेको उनले बताए । चिनियाँ कम्पनीसँग ठेक्का तोडेर बैंक ग्यारेन्टी र पर्फर्मेन्स ग्यारेन्टी समेत जफत गरिएको जनाएको छ ।

‘हामीले धेरै पटक म्याद थप गरेर ठेकेदार कम्पनीलाई आयोजना निर्माण सम्पन्न गर्ने अवसर दियौं,’ उनले भने, ‘तर, उसले आयोजना सम्पन्न गर्ने गरी काम अगाडि बढाउन सकेन । फेरि पनि तोकिएको तालिकाभित्र निर्माण सम्पन्न हुने अवस्था नदेखिएपछि गत शनिबार (२०२३, डिसेम्बर १६) देखि ठेक्का सम्झौताको अन्त्य भएको छ ।’

थपिएको पछिल्लो तालिकाअनुसार आगामी फागुनभित्र आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य दिइएको थियो । हरेक पटक निर्देशन दिँदा पनि काम सुचारु गर्न अटेर गरेपछि यो ठेकेदारबाट काम हुने सम्भावना नदेखिएपछि ठेक्का सम्झौता रद्द गरिएको ढुंगेलले बताए ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीले चिनियाँ कम्पनीसँग इन्जिजनियरीङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा आयोजना निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । उनका अनुसार चिनियाँ ठेकेदारले इपिसी मोडलमा ठेक्का सम्झौता गरिएको भएपनि निर्माण रकम थप गर्न माग राख्दै काम ठप्प पार्दै आएको थियो ।

कम्पनी र चिनियाँ ठेकेदार कम्पनीबीच आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग २९ माघ २०७४ मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

कोभिड-१९ महामारीका कारण लामो समय चिनियाँ कामदार चीनबाट नेपाल फर्किन नसकेपछि डेढ वर्षभन्दा बढी समयसम्म निर्माण ठप्प हुँदा सम्झौताअनुसार आयोजना सम्पन्न हुन सकेन । कम्पनीले म्याद थप गरेर आयोजनाको निर्माण अगाडि बढायो । यसबिचमा आयोजनाको मुख्य सुरुङमा समस्या देखिँदा पनि आयोजनाको निर्माण प्रभावित हुन पुग्यो ।

अहिलेसम्म आयोजनाको करिब ६६ प्रतिशत निर्माण सम्पन्न भएको छ । आयोजनाको बाँकी ३५ प्रतिशत काम सम्पन्न गर्न पटक–पटक ताकेता गरिएपनि पछिल्लो ४ महिनादेखि ठेकेदार कम्पनीले काम ठप्प पारेर बसेको थियो । ठेकेदारले तालिकाअनुसार काम अगाडि बढाउन ढिलाई गरेका कारण नै ठेक्का सम्झौता निर्णय गरिएको कम्पनीले जनाएको छ ।

पुरानो ठेक्का सम्झौता रद्ध भएपछि अब २०८२ साल चैतभित्र आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्य निर्धारण गरी माघ दोस्रो साताभित्र नयाँ ठेक्का आह्वान गर्ने कम्पनीले तयारी थालेको ढुंगेलले जानकारी दिए ।

आयोजना सम्पन्न गर्न ब्याज बाहेक ७ अर्ब ४४ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । ठेक्का सम्झौता तोडिएर नयाँ ठेकेदार नियुक्त गर्नुपर्ने भएपछि यो लागत केही बढ्ने देखिएको छ । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत निर्माणाधीन आयोजनाको प्रवर्द्धक कम्पनीमा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारणको सेयर छ ।

आयोजना पूरा भएपछि उत्पादित विद्युत ३ किलोमिटर दूरीमा रहेको त्रिशुली–३ ‘बी’ हब सबस्टेसनमा लगेर जोडिनेछ । आयोजनाबाट सुख्खायाममा १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा १५ करोड ७७ लाख १० हजार युनिट विद्युत उत्पादन हुनेछ ।

यो अहिले सञ्चालनमा रहेको ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्रको क्यासकेड आयोजना हो । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्रबाट विद्युत उत्पादन भई निकास हुने पानीलाई मुख्य सुरुङमार्फत विद्युतगृहमा खसारेल विद्युत उत्पादन गरिनेछ ।


Read Previous

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने

Read Next

३ दशकदेखि फाल्गुनन्द मार्ग नबन्दा स्थानीयलाई सास्ती  

Leave a Reply

Your email address will not be published.