Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

उदीपुर–रिठ्ठेबगर–नौथर सेरा सडक अलपत्र


लमजुङ । पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक अलपत्र अवस्थामा छ । सरकारले एक पालिकामा एक सडक पु¥याउने अभियानअन्तर्गत् अघि बढेको यस सडकमा ठेकेदारले काम नगर्दा पाँच महिनादेखि अलपत्र अवस्थामा रहेको हो ।

पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख विवेक सिग्देलका अनुसार ठेकेदारले आर्थिक पाटोलगायत कारण देखाउँदै काम अलपत्र बनाउँदै आएको छ । गत असारपछि सडक निर्माणको काम ठप्प हुँदै आएको छ । ठेकेदारले रोकिएको कामलाई केहि दिनमा निरन्तरता दिने बताएको उनको भनाइ छ । निमित्त प्रमुख सिग्देल भन्छन्, ‘निर्धारित समयमा काम पनि हुनसकेन अहिले सडक निर्माण सम्झौताको म्याद सकिएर थप गर्ने प्रक्रियामा छ । सडक अलपत्र रहदा बर्खामा हिलाम्मे र हिउँदमा दुलाम्मे हुँदा स्थानीयवासीलाई समस्या हुने गरेको छ ।’

हिउँदामा घर अगाडि धुलो आएर घर तथा मान्छे पनि नचिनिने हुने गरेको स्थानीयवासीले गुनासो गरेका छन् । स्थानीयवासी ईश्वरराज सेडाइँ भन्छन्, ‘सडक बनेको ठाउँ पनि भत्किन थालेको छ, सडकमा विच्छ्याएको ढुङ्गा सवारी साधन गुडाउँदा उछिटिन्छ र दुर्घटना हुने जोखिम हुन्छ ।’ जिल्लाको सदरमुकाम बेँसीसहर जान होस् वा पालिका केन्द्र पुग्नलाई सडकका कारण सास्ती हुनेगरे पनि सम्बन्धित निकायाको ध्यान पुग्न सकेको देखिदैँन । गाउँपालिका अध्यक्ष युवराज अधिकारी नागरिकको दैनिक यात्रा सहज बनाउनका लागि जतिसक्दो चाँडो सडकको कामलाई निरन्तरता दिँदै सम्पन्न गर्न आफूले पहल गर्दै आएको बताउँछन्।

निर्माण कार्य ठप्प हुँदा झ्न बढी स्थानीयवासीलाई समस्या उत्पन्न भइरहेकाले आफैले सम्बन्धित निकायलाई ताकेता गर्दै आएको उनको भनाइ छ । पूर्वाधार विकास कार्यालयका अनुसार ६० प्रतिशत भौतिक प्रगति भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा जिल्लाको दोर्दी गाउँपालिकाको केन्द्र जोड्न यस उदीपुर–रिठ्ठेबगर–नौथर सेरा सडक कालोपत्र गर्न थालिएको हो । पूर्वाधार विकास कार्यालयका इञ्जिनियर राजेश अधिकारीका अनुसार अझै ४० प्रतिशत भौतिक प्रगति हुन बाँकी छ । यस सडकको साँढे तीन किलोमिटरको स्टक्चरको काम सम्पन्न भइसककोे छ ।अन्य भागमा भने स्टक्चरलगायत काम बाँकी छ ।

त्यस्तै, ग्याबेल, ग्याबिन बाल, मेसिन वालको काम गर्न बाँकी रहेको उक्त कार्यालयले जनाएको छ । सडकको बेस बसाउने काम सम्पन्न भएको छ भने पाँच किलोमिटर नाला निर्माण गरिएको छ । सम्झौताअनुसार विसं २०७९ असार २ गतेभित्र कालोपत्रे गरिसक्नुपर्ने भए पनि यससडक कोरोनाका कारण काम सुरु गर्न ढिलाइ भएको देखाएर निर्माण कम्पनीले गत पुस महिनासम्ममा निर्माणका लागि थप म्याद पाएको थियो । तर सो समय भित्र पनि निर्माण नभएपछि पुनः म्याद थप गर्दै विसं २०८० असार २९ गतेसम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

पुनः थप म्याद मङ्सिर २८ गतेसम्म रहेकामा सो म्यादसमेत यतिबेला सकिएको छ । सडकको निर्माण कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौँले गर्दै आएको यस सडकका लागि विसं २०७७ असार ३ गते ठेक्का सम्झौता भएको थियो । प्रदेश सरकारको २६ करोड २९ लाख छ हजार दुई सय २५ रूपैयाँको लागतमा सात दशमलव एक सय २१ किलोमिटर सडक कालोपत्र हुन लागेको छ ।

पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका–१ उदिपुरदेखि दोर्दी गाउँपालिका–४ मा रहेको दोर्दी गाउँपालिका जोड्ने यस सडकको अस्फाल्ट कालोपत्र हुनेछ । यस सडकले बेँसीसहर नगरपालिका र दोर्दी गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् । दोर्दी गाउँपालिका केन्द्र जोड्ने यस सडकको अधिकांश भाग भने बेँसीसहर नगरपालिकाभित्र पर्दछ ।


Read Previous

भूकम्प जोखिममा रहेका संरचनालाई प्रवलीकरण गर्न सुरु   

Read Next

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने

Leave a Reply

Your email address will not be published.