Nepal Purbadhar

भारतीय ग्रिड प्नयाेग गरी नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्ने बंगलादेश सरकारकाे निर्णय


काठमाडौं । बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने निर्णय गरेकाे छ । मन्त्रिपरिषदअन्तर्गत आर्थिक मामिला हेर्ने कमिटीकाे बिहिबार बसेकाे बैठकले नेपालबाट बिजुली खरिद गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेकाे बंगलादेशी मिडियाहरूले उल्लेख गरेका छन् ।

निर्णयअनुसार बंगलादेशले भारतीय ग्रीड प्रयाेग गरेर बिजुली लैजानेछ । बंगलादेश पावर डेभलपमेन्ट बोर्डले ‘डाइरेक्ट पर्चेस मेथड’बाट विद्युत खरिद गर्नेछ।

केही महिना पहिले नेपाल र बंगलादेशीबीच विद्युत निर्यात गर्नेबारे २५ बुँदे सहमति भएको थियो। नेपालबाट बंगलादेशले ५०० मेगावाट बिजुली खरिद गर्ने लक्ष्य राखेकाे छ ।

Facebook Comments

Read Previous

नारायणी नदीमा क्रुजसिप पुनः सञ्चालनमा

Read Next

दुर्गम गाउँहरू सुगम हुँदाका खुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar