Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

हरित हाइड्रोजनबारे प्रधानमन्त्रीको चासो,अमेरिका र चीन भ्रमणमा छलफलको एजेन्डा बनाउने प्रतिबद्धता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हरित हाइड्रोजनको पछिल्लो प्रगतिकाबारेमा विज्ञहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री दाहालले काठमाडौं विश्व विद्यालयका विज्ञहरूलाई बोलाई हरित हाइड्रोजनको क्षेत्रमा भइरहेको प्रगति र नेपालले उत्पादन गर्न सक्ने सम्भावनाबारे परामर्श गरेका हुन् ।

प्रधानमन्त्री दाहालले काठमाडौं विश्व विद्यालयको हरित हाइड्रोजन ल्याब प्रमुख एवं सहप्राध्यापक विराजसिंह थापासहितको टोलीसँग आफ्नो अमेरिका र चीनको उच्च स्तरीय भ्रमणमा हरित पूर्वाधार विकास तथा नवीकरणीय स्वच्छ विद्युत व्यापारको विषयलाई मुख्य एजेन्डाकोरूपमा पेश गर्ने प्रतिबद्धता जनाए । भेटमा नेपालमा हरित हाइड्रोजनको व्यापारिक उत्पादनका लागि नीति जारी हुने प्रक्रियामा रहेको जानकारी दिएको थापाले जानकारी दिए ।

उनले हरित हाइड्रोजन उत्पादनको सम्भाव्यता अध्ययनका लागि वित्तीय स्रोत व्यवस्थापन गर्ने तथा नेपालको औद्योगिक क्षेत्रमा हरित हाइड्रोजनको उपयोग बढाउन प्रवर्द्धन गर्ने आश्वान प्रधानमन्त्री दाहालले दिएको पनि बताए ।

देशभित्र जलविद्युत उत्पादन बढ्दै गइरहेको र विश्वले पनि नेपाललाई हरित हाइड्रोजन उत्पादनको हबका रूपमा हेर्न थालिसकेका बेला प्रधानमन्त्रीबाट चासो दिएर यसबारेमा बुझ्नु यो क्षेत्रका लागि सकारात्मक संदेश भएको थापाको भनाई छ ।

काठमाडौं विश्व विद्यालयले गरेको अध्ययन अनुसार विद्युत महसुलमा सहुलियत दिएको खण्डमा हरित हाइड्रोजनको व्यापारिक उत्पादन गर्न आर्थिक रूपले सम्भाव्य देखिएको छ ।


Read Previous

विद्युत् सेवा अनियमित हुँदा उपभोक्ता हैरान

Read Next

आयोग उपाध्यक्षसँगको भेटमा जलवायु परिवर्तन र पर्यटन क्षेत्र विकासको लागि काम गरिरहेको अष्ट्रेलियज राजदुतको भनाइ

Leave a Reply

Your email address will not be published.