Nepal Purbadhar

आयोग उपाध्यक्षसँगको भेटमा जलवायु परिवर्तन र पर्यटन क्षेत्र विकासको लागि काम गरिरहेको अष्ट्रेलियज राजदुतको भनाइ


काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा बुधबार आयोग उपाध्यक्ष श्रेष्ठसँग राजदूत भोल्कले शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

भेटमा दुई देशबीच सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भयो । राजदूत भोल्कले जलवायु परिवर्तन, लैंगिक समानता, पछाडी परेका वर्गहरुको उत्थान साथै नेपालको पर्यटन क्षेत्रको विकास का लागि अष्ट्रेलियाले काम गरिरहेको र आगामी दिनमा पनि निरन्तर हुने बताइन् । नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया एक शैक्षिक गन्तव्य हो । नेपाली विद्यार्थीहरुको शिक्षा र सुरक्षाका लागि पनि अष्ट्रेलियाले काम गरिरहेको उनले बताइन् ।

उपाध्यक्ष श्रेष्ठले अष्ट्रेलियाले नेपालका लागि सामाजिक र आर्थिक विकासमा गर्दै आएको सहयोग र सहकार्यका लागि धन्यबाद दिदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए ।


Read Previous

हरित हाइड्रोजनबारे प्रधानमन्त्रीको चासो,अमेरिका र चीन भ्रमणमा छलफलको एजेन्डा बनाउने प्रतिबद्धता

Read Next

टेलिकमको नेटवर्क समस्याले उपभोक्तालाई हैरान