Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र

लगानी समस्या छैन,पिपिए नहुँदा तल्लो अप्सुवाको निर्माणमा ढिलाइ


काठमाडौं ।औद्योगिक घराना गोल्यान समूहले अनुमतिपत्र लिएको संखुवासभास्थित ५४ मेगावाटको तल्लो अप्सुवा जलविद्युत आयोजना लगानी समस्या नभए पनि विद्युत खरिद सम्झौता (पिपिए) नहुँदा अहिलेसम्म निर्माणमा जान सकेको छैन । नेपाल विद्युत प्राधिकरणमा आवेदन दिएर लामो समयदेखि पालो कुरिरहेको आयोजनाको पिपिए नहुँदा निर्माणमा जान ढिलाइ भएको हो ।

गोल्यान समूह अन्तर्गत मिजु इनर्जी लिमिटेड प्रवर्द्धक रहेको आयोजना प्राधिकरणले अहिले पिपिए गरिरहेका १५ सय मेगावाटका नदी प्रवाही (आरओआर) आयोजनाको सूचीमा छैन । यो १९ सय मेगावाटका आयोजनाको सूचीमा मात्रै छ ।

आयोजना तत्कालै निर्माणमा जाने तयारी अवस्थामा भए पनि पिपिएकै कारण सम्भव नभएको गोल्यान समूहको ऊर्जा डिभिजनका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले बताए । ‘हाम्रो आयोजनाका लागि लगानीको कुनै समस्या छैन, वैदेशिक लगानी ल्याएर बनाउन सक्छाै‌ं । पिपिए हुने हो भने तत्कालै निर्माणमा लैजान सकिन्छ,’ उनले भने, ‘तर, पिपिए नहुँदा अझै कति समय कुर्नुपर्ने हो थाहा छैन ।’

उनका अनुसार अमेरिकाको युएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डिएफसी) ले यो आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाइसकेकाे छ । प्राधिकरणले अहिले १५ सय मेगावाटभित्र पिपिएको पालो पाएका, तर वित्तीय स्रोत जुटाउन नसकेर पिपिए गर्न नगएका आयोजनाको स्थानमा लगानी सुनिश्चित भएका आयोजनालाई अवसर दिँदा तल्लो अप्सुवा पनि तल्कालै निर्माणमा जाने अर्यालले बताए । उनले अहिले पालो पाएका आयोजना पिपिए गर्न नआए ती भन्दा तलका आयोजनालाई अवसर दिन पनि आग्रह गरे ।

आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइन र सबस्टेसन निर्माणमा ढिलाइ भए पनि अरुण–३ को प्रसारण लाइनमार्फत सोझै भारत पठाउन सकिने विकल्प समेत रहेकाले पिपिए गरेर निर्माणका लागि बाटो खोलिदिनु पर्ने उनको भनाइ छ । उनले  आयाेजनामा अमेरिकाकाे डलरमा आउने प्रत्यक्ष लगानीकाे प्रतिफल नेपाली रुपैयाँमै लैजाने हुँदा पनि भविश्यमा डलरकाे मूल्यवृद्धिले खासै फरक नपर्ने अवस्था रहेकाे बताए ।

यो आयोजना सुरुमा अध्ययन गर्दा ४५ मेगावाटको थियो । पछि थप अध्ययन गरी क्षमता स्तरोन्नति गरेर ५४ मेगावाट पुर्याइएको हो । यो आयोजनाको अध्ययन पूरा भई इन्जिनियरिङ डिजाइन पनि पूरा भइसकेको छ ।

आयोजना निर्माणमा लैजान ठेक्का आह्वान गर्नका लागि कागजात तयार गर्ने कार्य भइरहेको प्रवद्र्धक कम्पनीले जनाएको छ । आयोजनाको जडित क्षमता बढाइएका कारण गर्नु पर्ने पुरक इआइए गर्ने कार्य सम्पन्न भई सम्बन्धित निकायबाट स्वीकृतिको पर्खाइमा छ ।

आयोजना स्थलमा क्याप तथा कार्यालय भवन निर्माण गरिएको छ । आयोजनाको विद्युतगृह र आवास क्षेत्र निर्माणका लागि आवश्यक २ सय रोपनीमध्ये ५० रोपनी जग्गा अधिग्रहण गर्ने कार्य पनि सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

बाँकी जग्गा अधिग्रहणको काम अबको केही महिनामा सम्पन्न गर्ने लक्ष्य छ । आयोजना स्थल पुग्ने २० किलोमिटर मध्ये ११ किलोमिटर पहुँच सडक निर्माण कार्य सम्पन्न भइसकेको छ । आयोजनाको पूर्व तयारीका कामका लागि ३१ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ ।

अमेरिकाको युएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डिएफसी) ले यो आयोजनामा लगानी गर्ने तय भइसकेकाे छ ।आयोजनामा लगानी गर्नकै लागि डिएफसीको उच्च स्तरीय टोलीले आयोजना स्थलको भ्रमण समेत गरेको थियो । डिएफसीले गोल्यान समूहका २ अर्धजलाशय आयोजनाको विस्तृत अध्ययनका लागि पनि १० मिलियन अमेरिकी डलर लगानी गरेको छ । यो रकम गोल्यान ग्रुपले प्राप्त गरिसकेको छ ।

तल्लाे अप्सुवा गोल्यान समूहको महत्त्वकांक्षी जलविद्युत आयोजना हो । अध्ययन अनुसार ६३० मिटर ग्रस हेड रहेको यो आयोजनाले वर्षको ६ महिना पूर्ण क्षमतामा विद्युत उत्पादन गर्नेछ । हाइ हेड भएका कारण पनि यो आयोजना आकर्षक मानिएकाे छ । आयोजनामा ३.५ किलोमिटर लामो मुख्य सुरुङ निर्माण गरिनेछ ।  निर्माण थालेको ३४ महिनामा यो आयोजना सम्पन्न गरिनेछ ।

आयोजना सम्पन्न भई सञ्चालनमा आउँदा कूल ३३५.२४ गिगावाट घन्टा विद्युत उत्पादन हुनेमा सुख्खा याममा १०७.९१ गिगावाट घन्टा (जडित क्षमताको ३२.१९ प्रतिशत) विद्युत उत्पादन गर्न सम्भव हुनेछ । बर्खामा २२७.३३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

गोल्यान समूहले नवीकरणीय ऊर्जाको विकासमा लगानी गर्न ऊर्जा डिभिजन स्थापना गरी आफ्नै इन्जिनियरिङ टिम खडा गरेको छ ।सन् २०३० सम्ममा राष्ट्रिय प्रसारण प्रणालीमा ९ सय मेगावाट विद्युत योगदान गर्ने गोल्यान समूहको लक्ष्य छ ।

गोल्यान समूहले तल्लो अप्सुवासँगै कर्णाली प्रदेशमा ४४१ मेगावाटका २ (माथिल्लो मुगु कर्णाली–३०६ मेगावाट र नाम्लाङ खोला –१३५ मेगावाट) अर्धजलाशय (पिआरओआर) आयोजना पनि निर्माण गर्दैछ । जर्मनीको ट्र्याकबेल इन्जिनियरिङले यी आयोजनाको विस्तृत अध्ययन गर्दैछ ।

गोल्यान समूहले यसअघि बाँकेमा १० मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गरी प्रसारण प्रणालीमा जोडिसकेको छ । अर्को १० मेगावाटको सौर्य विद्युत आयोजना अबको २ महिनाभित्र प्रसारण प्रणालीमा जोडिँदैछ । यो समूहले अबको २ वर्षमा ४० मेगावाटका सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।


Read Previous

जीपलाइन निर्माणले रानीकोट सडकखण्डमा पहिरोको जोखिम

Read Next

हेटौँडा सिमेन्ट उद्योगको घाटा ९० करोड

Leave a Reply

Your email address will not be published.