Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

हेटौँडा सिमेन्ट उद्योगको घाटा ९० करोड


मनहरी । आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि ११ करोड १५ लाख रूपैयाँ घाटा व्यहोरेको छ । आव २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको हो ।

संस्थाका अनुसार उद्योग हालसम्म ९० करोड रूपैयाँ टामा चलिरहेको छ । आव २०७४/७५ मा उद्योगले एक लाख ९ हजार ७९६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेको थियो । यसमा १ लाख छ हजार ३३२ मेट्रिक टन सिमेन्ट बिक्री गर्न सफल भएको थियो भने १ अर्ब ६८ करोड ३८ लाख ६४ हजार ९१७ रूपैयाँ आम्दानी गरेका थियो  । त्यस्तै, १ अर्ब ५२ करोड २६ लाख एक हजार ४१८ खर्च भई  १६ करोड ३६ लाख तीन हजार ४९९ रूपैयाँ नाफा कमाएको थियो । यसपछि उद्योग निरन्तर घाटामा गएको तथ्याङ्क छ ।

आव २०७५/७६ मा उद्योगले १ लाख नौ सय ६९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा एक लाख चार हजार पाँच सय ९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा १ अर्ब ६४ करोड २० लाख १८ हजार ३१८ आम्दानी गरेकामा १ अर्ब ६५ करोड २५ लाख ५९ हजार ४५४ खर्च भई १ करोड पाँच लाख ४१ हजार १३६ रपैयाँ नोक्सानी व्यहोरेको थियो । त्यसपछि आव २०७६/७७ मा उद्योगले ८१ हजार नौ सय ८९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ७२ हजार सात सय ९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा १ अर्ब एक करोड तीन लाख तीन हजार ५४३ आम्दानी गरेकोमा १ अर्व २४ करोड ८५ लाख २७ हजार ५५१ खर्च भई २३ करोड ८२ लाख २४ हजार उद्योगलाई घाटा भएको थियो ।

यस्तै आव २०७७/७८ मा उद्योगले ८९ हजार २२५ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ९२ हजार छ सय ८८ मेट्रिक टन सिमेन्ट बिक्री गर्दा १ अर्ब २२ करोड ४८ लाख ४८ हजार ४३ आम्दानी गरेकाेमा १ अर्ब ३९ करोड ५२ लाख ८८ हजार ७११ खर्च १७ करोड चार लाख ४० हजार ६६९ रूपैयाँ उद्योगलाई घाटा भएको थियो ।

यसैगरी, आव २०७८/७९ मा उद्योगले ८५ हजार २५६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ८० हजार ६९८ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा १ अर्ब चार करोड ३४ लाख ८६ हजार २९५  रूपैयाँ आम्दानी गरेकामा १ अर्ब २७ करोड ८९ लाख ९७ हजार २६४ खर्च भई २३ करोड ५५ लाख १० हजार ९६९ उद्योग घाटामा गएको थियो ।

यस्तै, आव २०७९/८० मा १ अर्ब दुई करोड ३९ लाख ८४ हजार ८४० आम्दानी गर्न सफल रहेको उद्योगले १ अर्ब १३ करोड ५५ लाख ४८ हजार २३५ खर्च गरेको थियो । यो आवमा उद्योगलाई ११ करोड १५ लाख ६३ हजार ३९५ घाटा भएको महाप्रबन्धक पाण्डेले बताए ।

उद्योगमा कच्चापदार्थको अभाव र पुरानो ऋण तिर्न नसक्दा बारम्बार बन्द हुँदै आएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्यमा समस्या आइरहेको छ । महाप्रबन्धक पाण्डे उद्योगलाई गतिशील बनाउन आफूले योजना उद्योग मन्त्रालयमा प्रस्तुत गरे पनि कुनै जवाफ नआएका कारण अगाडि बढ्न कठिन भएको बताउँछन् । उनका अनुसार उद्योगमा ३८ वर्ष पुरानो प्रविधि, उपकरण, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजार लगायतका समस्या छन् ।

उद्योगले एक महिनापछि यही सोमबारदेखि पुनः क्लिङ्कर उत्पादन सुरु गरेको छ । अब तीन महिनाका लागि उद्योगमा कच्चापदार्थ तयारी रहेको बताउँदै तीन महिनाको उत्पादनले उद्योग बन्द भएको बेला धान्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । महाप्रबन्धक पाण्डेका अनुसार अहिले दैनिक १५ हजार बोरा सिमेन्ट उद्योगबाट उत्पादन तथा बिक्री भइरहेको र उद्योगमा ३० हजार मेट्रिक टन सिमेन्ट भण्डारण रहेको छ । उद्योगमा पहिलेदेखिकै ३० करोडभन्दा बढी कोइला खरिद तथा कर्मचारी निवृत्तिभरण बापतको ऋण भएकाले त्यसलाई घटाउँदै उद्योगलाई समायोजन गर्नतर्फ आफू लागिपरेको उनले बताए ।

पछिल्लो समय बजारमा आएको आर्थिक मन्दीले सिमेन्टको बिक्रीसमेत घट्दा उद्योगले निरन्तर घाटा बेहोरिरहेको उनले जानकारी दिए । उद्योगमा हाल दुई सयजना कर्मचारी कार्यरत छन् भने दैनिक ज्यालादारीमा सय कामदार रहेका छन् । उद्योगका भैँसे, ओख्रे, मजुवा र जोगिमारामा खानी रहेका छन् । कम्पनी ऐनअन्तर्गत २०३३ असोज १३ मा स्थापित भएको यस उद्योगले २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । उद्योगको वार्षिक उत्पादन क्षमता दुई लाख २५ हजार मेट्रिक टन रहेको छ । रासस


Read Previous

लगानी समस्या छैन,पिपिए नहुँदा तल्लो अप्सुवाको निर्माणमा ढिलाइ

Read Next

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान, व्यवसायी भन्छन्- नियमित होस्

Leave a Reply

Your email address will not be published.