Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

उद्योग बाणिज्य महासंघको पुँजी बजार फोरम सभापतिमा गुरागाईं


काठमाडौं । जलविद्युत प्रवर्द्धक शैलेन्द्र गुरागाईं नेपाल उद्योग बाणिज्य महासंघको पुँजी बजार फोरमको सभापतिमा मनोनयन भएका छन् । महासंघले कार्यकारिणीय सदस्य समेत रहेका गुरागाईंलाई पुँजी बजार फोरमको सभापतिमा मनोनयन गरेको हो ।

महासंघको गत बैशाख ३ गतेको पहिलो कार्यकारिणी समितिको बैठकले गरेको निर्णय बमोजिम अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई पुँजी बजार फोरमको सभापतिमा मनोनयन गरेका हुन् । ढकालले बुधबार गुरागाईंलाई पुँजी बजार फोरम सभापतिमा मनोनयन गरेको पत्र दिएका छन् ।

गुरागाईंलाई मनोनयन गर्दै ढकालले उनको सभापतित्वमा गठित पुँजी बजार फोरमले जिम्मेवारीपूर्वक काम गर्नेमा विस्वस्त रहेको बताए । ढकालले गुरागाईंले नेतृत्व गरेको फोरमले गर्ने कार्यको अर्धवार्षिक रूपमा पुनरावलोकन गर्ने पनि उनले बताए ।

गुरागाईं महासंघको हालै सम्पन्न महाधिवेशनबाट कार्यकारिणी समितिको सदस्यमा निर्वाचित भएका थिए । उनी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का निर्वतमान अध्यक्ष पनि हुन् ।

गुरागाईंले नेतृत्व गरेको ङादी ग्रुप अन्तर्गत सिउरी खोला, सुपर माई ‘ए’, सुपर माई क्यासकेड, हेवाखोला लगायत जलविद्युत आयोजना छन् ।


Read Previous

मेलम्चीको पानी प्रशोधन क्षेत्रमै खानेपानीको समस्या

Read Next

‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो

Leave a Reply

Your email address will not be published.