Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

प्रमुख आर्थिक सूचकको प्रयोग विधिसम्बन्धी पुस्तक सार्वजनिक


काठमाडौं । राष्ट्रिय योजना आयोगले ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ नामक पुस्तकको इ–कपी सार्वजनिक गरेकोछ ।

आयोगले तथ्याङ्कीय साक्षरता अभियान अन्तर्गत आर्थिक पत्रकारलाई केन्द्रित गरी पुस्तक ल्याइएको मंगलबार आयोजिक कार्यक्रममा जानकारी दिएको छ । ‘आर्थिक पत्रकारले अधिकभन्दा अधिक प्रयोग गर्न सक्नेछ’ आयोगका सचिव केवलप्रसाद भण्डारीले भने । आर्थिक समाचार वा लेखहरूमा यस पुस्तकको सकारात्मक प्रभाव पर्नेछ योजना आयोगको भनाइ छ ।

प्रमुख आर्थिक सूचकको प्रयोग विधि नामक नेपाली भाषामा प्रकाशित यो विद्युतीय पुस्तक मूलतः आर्थिक प्रत्रकार लक्षित हाते पुस्तिका हो । यद्यपी यो पुस्तिका आर्थिक पत्रकारका अतिरिक्त आर्थिक क्षेत्रमा चासो राख्ने जो कोहीलाई उपयोगी हुनेछ ।

यस पुस्तकमा वैज्ञानिक लेख रचनामा तथ्याङ्कको प्रयोग कसरी गर्ने, तुलनात्मक अध्ययनमा तथ्याङ्क कसरी प्रयोग गर्ने, तथ्याङ्क विश्लेषण र प्रस्तुती कसरी गर्ने, सङ्ख्यासँग लेख कसरी लेख्ने, तथ्याङ्कको व्याख्या कसरी गर्ने, सर्वेक्षण प्रतिवेदनहरू अध्ययन गर्दा कस्ता कुराहरूमा विशेष ध्यान दिने भन्ने जस्ता विषयहरूमा चर्चा गर्दै आर्थिक क्षेत्रका विविध सूचकहरूका बारेमा विस्तृत वर्णन गरिएको छ ।

सूचक निर्माण गर्दा आवश्यक पर्ने तथ्याङ्कको स्रोत, तयार गर्ने विधि, ध्यान दिनुपर्ने कुरा, प्रयोग गर्ने विधि लगायतका विषयहरूलाई वास्तविक तथ्याङ्कमा आधारित उदाहरण सहित व्याख्या गरिएको छ ।

मुख्य रूपमा चार भागमा विभाजन गरिएको यो पुस्तकको पहिलो भागमा तथ्याङ्क संवादात्मक बनाउने विधि, दोस्रो भागमा सङ्ख्यालाई लेखमा रूपान्तरण गर्ने विधि, तेस्रो भागमा प्रमुख आर्थिक सूचकहरूको परिचय, र चौथो भागमा सार्वजनिक नीतिका सवालहरूमा तथ्याङ्कको प्रयोगका बारेमा विस्तृत वर्णन गरिएको छ ।

यस पुस्तकमा जम्मा २१ वटा पाठहरू समावेश गरिएका छन् । यस पुस्तकको प्रयोगले आर्थिक तथ्याङ्कको उत्पादन तथा प्रयोग गर्दा अपनाउनु पर्ने वैज्ञानिक विधिको सुनिश्चिता गर्दै नागरिक सामु सरल तरिकाले बुझिने गरी आर्थिक सूचकहरू प्रवाह गर्दा ध्यान दिनुपर्ने कुराहरूको बारेमा जानकारी दिने अपेक्षा राखिएको छ ।

पुस्तक प्रकाशनको पहिलो संस्करण भएका कारण यस पुस्तकमा सुधार गर्नुपर्ने क्षेत्रहरू प्रशस्त हुन सक्छन् । पुस्तकमा भएका कमीकमजोरी औल्याउँदै आगामी दिनमा गर्नुपर्ने सुधारका पक्षहरू समेटेर रचनात्मक सुझाव दिनुहुनका लागि राष्ट्रिय योजना आयोग सम्बन्धित सबैमा अपिल गरेको छ ।

राष्ट्रिय योजना आयोगले तथ्याङ्कीय साक्षरता कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउने पहल स्वरूप तत्कालिन केन्द्रीय तथ्याङ्क विभाग (हाल राष्ट्रिय तथ्याङ्क कार्यालय) को प्राविधिक सहयोग तथा बेलायत सरकारको सहयोगमा सञ्चालित डाटा फर डेभलप्मेण्ट कार्यक्रम अन्तर्गत दी एशिया फाउण्डेशनको आर्थिक सहयोग र नेपाल इन डाटाको संयोजनमा यो पुस्तक तयार गरेको हो । यसअघि पनि आयोगले तथ्याङ्क र तथ्याङ्कीय साक्षरता नामक पुस्तक प्रकाशन गरी प्रयोगमा ल्याइसकेको छ ।

खासगरी विकास प्रशासनका लागि नीति निर्माता, योजनाकार, विकास साझेदार, अध्येता एवम् पत्रकारहरूको तथ्याङ्कीय प्रयोगात्मक हाते पुस्तिकाको रूपमा प्रकाशित उक्त पुस्तकले निकै राम्रो पृष्ठपोषण प्राप्त गरेको आयोगको भनाइ छ ।


Read Previous

पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले पर्यटन व्यवसायी उत्साहित   

Read Next

वर्ल्डलिङ्कलाई कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड

Leave a Reply

Your email address will not be published.