
सांकेतिक तस्बीर।
काठमाडौं, १० जेठः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ निवासी ५३ वर्षीय प्रणवलाल सिंह रहेका छन्।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्की का अनुसार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सिंहलाई काठमाडौं महानगरपालिका–१३ छाउनी क्षेत्रबाट पक्राउ गरिएको हो।
पक्राउ परेका सिंहलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त जनसेवा काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
