Nepal Purbadhar

पार्किङ निषेधको विरोधमा तनहुँका व्यवसायी, पसल बन्द गरेर बिहानै देखि आन्दोलनमा

तस्बिर : नेपाल फोटो लाइब्रेरी


तनहुँ। जिल्लको दमौली स्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ निषेधको निर्णयविरुद्ध स्थानीय व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।

व्यास नगरपालिकाले सफा सडक क्षेत्रमा सवारी साधन रोक्न नपाइने नयाँ व्यवस्था लागू गरेपछि व्यवसायीहरूले पसल बन्द गरेर विरोध जनाएका हुन्।


नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले सफा सडकमा पार्किङ निषेधको निर्णय गरेको जनाएको छ। साथै केही क्षेत्रमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था समेत लागू गरिएको छ।


तर व्यवसायीहरूले पार्किङ निषेधको निर्णयले व्यापार व्यवसायमा प्रत्यक्ष असर पर्ने भन्दै निर्णय पुनर्विचार गर्न माग गरेका छन्।


Read Previous

पश्चिम जाजरकोटका पक्की पुल निर्माण: केही गति लिँदै, केही आयोजना अझै अलपत्र

Read Next

फिर्के खोला अतिक्रमण हटाउन पोखरा महानगरको अभियान शुरू, मेयर आचार्य फिल्डमै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar