Nepal Purbadhar

एसियन गेम्स छनोटका लागि नेपाली क्रिकेट टोली घोषणा


काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान) ले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।

मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका लागि क्यानले १४ सदस्यीय टोली सार्वजनिक गरेको हो।

टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरी ले गर्नेछन्। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने र सोमपाल कामी लगायतका खेलाडी समावेश छन्।

त्यसैगरी करण केसी, आरिफ शेख, शाहब आलम र भीम सार्की पनि टोलीमा रहेका छन्।


Read Previous

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिंह पक्राउ

Read Next

अमेरिका–इरान सम्झौता अन्तिम चरणमा, होर्मुज जलडमरू खोल्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar